बजेटले नछुदा सेयर बजारमा दोहोरो अंकको गिरावट, करोबार रकम ४ अर्ब

काठमाडौं ।  आगामी आर्थिक वर्षको बजेटले शेयर बजार तथा यसका लगानीकर्ताहरुलाई नछुदा बुधबार सेयर बजार प्रभावित बनेको छ । लगानीकर्ताहरुले शेयर कारोबार वापत सरकारलाई बुझाउदै आएका पूँजीगत लाभ कर नै अग्रिम कर नभई अन्तिम हुनुपर्ने र आएकर ऐनको अनूसूची समेत संशोधन गर्नुपर्ने माग राख्दै आएकोमा बजेटले उक्त कुराको सुनवाई गरेन । बजेटले सेयर बजारको हकमा पुरानै व्यवस्थालाई कायम राख्दै नयाँ विषय समावेश नगर्दा लगानीकर्ताहरुमा निराशा छाएको छ । जसले गर्दा बजेट पश्चयातको पहिलो दिन बुधबार सेयर बजार प्रभावित भएको छ । बुधबार नेप्से परिसूचक र ठूला कम्पनीको मापन गर्ने सेन्सेटिभ इन्डेक्स घटेको छ ।

बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक २३.८१ अंकले घटेर २ हजार ८९.४२ विन्दुमा पुगेर बन्द भएको छ । बुधबार ठूला कम्पनीका मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४.८२ अंकले घटेर ३ सय ७४.०९ विन्दुमा पुगेको छ ।
बुधबार कुल ३ सय १४ वटा कम्पनीको १ करोड ७ लाख ३८ हजार १ सय ६९ कित्ता सेयर ६३ हजार ८० पटक कारोबार हुदाँ कारोबार रकम भने ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार रुपैयाँ रहन पुग्यो ।

बुधबार बजार पुँजीकरण भने ३३ खर्ब १३ अर्ब २१ करोड १८ लाख रुपैयाँ रह्यो । बुधबार ५६ वटा कम्पनीको सेयर मुल्य बढ्यो भने १ सय ९१ वटा कम्पनीको मुल्य घट्यो । बुधबार कारोबार भएका १३ उपसमूहहरु मध्ये सम्पूर्ण ४ वटा उपसमूहको सेयर मूल्य उकालो लाग्दा बाँकी ८ वटा उपसमूहको मूल्य भने आरोलो लागेको हो । एउटा उपसमूह अर्थात् म्युअुचल फण्डको सेयर मूल्य भने स्थिर रह्यो । बैकिङ ३४.५३, विकास बैंक ४६.३७, जलविघुुुत २.८३, लगानी ०.६४ , जीवन बीमा १३४.६४, निर्जिवन बीमा १०४.६२ र अन्य ११.७१ अंकले घटेको छ । फाइनान्स ३.१९, होटल तथा पर्यटन ६१.७५, उत्पाद १७४.०१ र लगानी १८.९३ अंकले बढ्यो ।

बुधबार सबैभन्दा बढी कारोबार हुनेमा पोखरा फाइनान्स, सिइडीबी हाइड्रो, सर्वोत्तम सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर विकास बैंक र हाथवेय इन्भेष्टमेन्ट नेपाल रहे । पोखरा फाइनान्सको १९ करोड ५२ लाख रुपैयाँ, सिइडीबी हाइड्रोकोे १९ करोड २७ लाख रुपैयाँ, सर्वोत्तम सिमेन्टको १४ करोड १० लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर बैंकको १० करोड २८ लाख रुपैयाँ र हाथवेय इन्भेष्टमेन्ट नेपालको १० करोड ३ लाख रुपैयाँ बराबर कारोबार भयो । बुधबार सबैभन्दा बढी कमाउनेमा युनिलिर्भर नेपाल लिमिटेड, कालिन्चोक दर्शन लिमिटेड, अप्पर लोहोरे खोला हाइड्रो, भगवती हाइड्रो र पोखरा फाइनान्स रहे भने सबैभन्दा गुमाउनेमा बुद्धभुमि नेपाल हाइड्रो, ग्लोबल आइएमइ ब्यालेन्स फण्ड, बाराही हाइड्रोपावर पब्लिक, एनएमबी बैंक र सानिमा बैंक डिबेन्चरका लगानीकर्ता रहे ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार