भत्काएको सडक दुई दिनभित्र बनाउन बालेनलाई सडक बिभागको अल्टिमेटम

काठमाडौं । संघीय सरकार अन्तरगत रहेको न्युरोड गेटदेखि जुद्ध शालिकसम्मको भागमा महानगरले सवारी साधन गुड्ने क्षेत्र घटाएर फुटपाथ थप्न थालेपछि डिभिजनले आपत्ति जनाएको छ । सो सडक दुई दिन भित्र बनाउन सडक डिभिजन कार्यालय, काठमाण्डौंले काठमाण्डौं महानगरपालिकालाई निर्देशन दिएको छ ।

सडक बिभागले भनेको छ  महानगरले भत्काएको सडक नबनाए सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन बाध्य हुने समेत डिभिजन कार्यालयले बताएको छ । बुधबार डिभिजन प्रमुख नारायणदत्त भण्डारीले काठमाडौं महानगरका नाममा एक पत्र जारी गर्दै भत्काएको सडक दुई दिनभित्र बनाउन भनेका हुन्।

यसअघि पनि महानगरलाई उक्त सडक खन्न र भत्काउन रोकेर पुनर्स्थापना गर्न भनेको थियो । पत्रमा भनिएको छ महानगरले गरेको उक्त कार्य सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ को बिपरित देखिएकाले तुरून्त सडक घटाउने काम रोकि  सडक यथास्थितिमा पुनर्स्थापना गरिदिन फेरि अनुरोध गरेको  थियो । तर हालसम्म कुनै प्रगतियोग्य  काम नभएको भन्दै डिभिजन कार्यालयले महानगरलाई दुई दिनको समय दिएको हो।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार