बजेटको आलोचना नहुँदा सप्राइज भएः अर्थमन्त्री पुन

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा आलोचना नहुँदा आफू सप्राइज भएको अर्थमन्त्री वर्षमान पुनले बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बिहीबार बजेटमा समावेश भएको विषयका सम्बन्धमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बजेटलाई सबै साथीहरुले स्वागत गर्दा आफू सप्राइज भएको बताएका हुन्।

‘बजेटलाई सबै साथीहरुले स्वागत गर्नु भएको छ। बजेट मार्फत साथीहरुलाई सप्राइज दिए जस्तो लागेको थियो। तर प्रमुख प्रतिपक्ष दल लगायत प्रतिपक्ष साथीहरुले सन्तुलित, राम्रो र वस्तुगत आयो भनेर सुरुमै प्रतिक्रिया दिनुभयो। निजी क्षेत्रका साथीहरुले पनि यस्तै भन्नुभयो,’ पुनले भने। सबैको स्वागतबाट आफू अलिकति सप्राइज भएको उनको भनाइ छ।

‘अलिकति विरोध आउनु पर्ने। केही चलाई तथा गसिसके अलिकति आलोचना आउनु पर्छ,’ पुनले भने, ‘आलोचना आएन भने केले काम गर्ने र सबै सन्तुष्ट भएर बस्ने जस्तो लागेको थियो।’

अलिकति केही ठाउँमा आलोचना भएकाले यसबाट आफू खुसी रहेको उनको दाबी छ।

बजेटको सार्वजनिक रुपमा पहिलो पटक विरोध गर्नेमा नेपाल फलामे छड उत्पादक संघ रहेको छ। उनीहरुले मेल्टिक उद्योगको भन्सार महसुल लगाइएको भन्दै बुधबार काठमाडौंमा पत्रकार सम्मेलनमा आयोजना गरेर विरोध गरेका थिए। अर्थमन्त्री पुनले संसदिय समितिको प्रतिवेदन र व्यावसायीहरुसँगको छलफल र अध्ययनका आधारमा भन्सार महसुल लगाइएको दाबी गरेका छन्। ‘नीतिगत रुपमा गल्ति गरेको छैन। गल्ती नगरिएकाले भाग्नु पर्दैन,’ उनले भने। साथै आज ३ बजे नेपाल फलामे छड उत्पादक संघसँग छलफल गरिने पनि उनले नाफिजको कार्यक्रममा जानकारी दिए।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार