सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौं । बिहीबार सुनको मुल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रति तोला १ लाख ४० हजार ५ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
बिहीबार छापावाला सुन प्रतितोला १ लाख २० हजार ४ सय ५५ रुपैयाँ र तेजावी सुन प्रति १० ग्राम १ लाख १९ हजार ८ सय ५५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै बिहीबार चाँदीको मुल्य भने प्रतितोला ३० रुपैयाँले घटेको छ । बिहीबार चाँदीको लागि १ हजार ९ सय रुपैयाँ तोकिएको छ भने चाँदी प्रति १० ग्रामको मूल्य भने १ हजार ६ सय २९ रुपैयाँ तोकिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार