फेरि दोहोरो अंकले घट्यो सेयर बजार, ४ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । आगामी आर्थिक वर्षको बजेटले शेयर बजार तथा यसका लगानीकर्ताहरुलाई नछुदा सेयर बजार प्रभावित बन्ने क्रमले निरन्तरता पाए सँगै बिहीबार पनि सेयर बजारमा गिरावट आएको लगानीकर्ताहरु बताउछन् । बुधबार दोहोरो अंकले घटेको सेयर बजार बिहीबार पनि दोहोरो अंकले घटेको छ । लगानीकर्ताहरुले शेयर कारोबार वापत सरकारलाई बुझाउदै आएका पूँजीगत लाभ कर नै अग्रिम कर नभई अन्तिम हुनुपर्ने र आएकर ऐनको अनूसूची समेत संशोधन गर्नुपर्ने माग राख्दै आएकोमा बजेटले उक्त कुराको सुनवाई भएको थिएन ।

बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १९.८९ अंकले घटेर २ हजार ६९.५३ विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार ठूला कम्पनीका मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ३.९० अंकले घटेर ३ सय ७०.१९ विन्दुमा पुगेको छ ।
बिहीबार कुल ३ सय ११ वटा कम्पनीको ९८ लाख ६४ हजार ४ सय ८२ कित्ता सेयर ६१ हजार ७२ पटक कारोबार हुदाँ कारोबार रकम भने ४ अर्ब २१ करोड ७४ लाख ९४ हजार रुपैयाँ रहन पुग्यो ।

बिहीबार बजार पुँजीकरण भने ३२ खर्ब ८१ अर्ब ६६ करोड ८० लाख रुपैयाँ रह्यो । बिहीबार ७० वटा कम्पनीको सेयर मुल्य बढ्यो भने १ सय ७३ वटा कम्पनीको मुल्य घट्यो । र ४ वटा कम्पनीको मुल्य स्थिर रह्यो । बिहीबार कारोबार भएका १३ उपसमूहहरु मध्ये सम्पूर्ण ३ वटा उपसमूहको सेयर मूल्य उकालो लाग्दा बाँकी १० वटा उपसमूहको मूल्य भने आरोलो लागेको हो । बैकिङ १९.६६, विकास बैंक ४०.११, होटल तथा पर्यटन १ सय ३९.१३, लगानी ०.९०, जीवन बीमा ११५.५८, माइक्रोफाइनान्स ८७.३९, म्युअुचल फण्ड ०.०६, निर्जिवन बीमा ११४.९३, लगानी ९.२३ र अन्य १३.४५ अंकले घटेको छ । फाइनान्स ३.३१,जलविद्युत १२.१५ र उत्पादन ८२.५८ अंकले बढ्यो ।

बिहीबार सबैभन्दा बढी कारोबार हुनेमा नेपाल फाइनान्स, न्याग्दी ग्रुप पावर, जानकी फाइनान्स, सिइडीबी हाइड्रो र कालिन्चोक दर्शन लिमिटेड रहे । नेपला फाइनान्सको १९ करोड ४५ लाख रुपैयाँ, न्याग्दी ग्रुप पावरको १५ करोड ३० लाख रुपैयाँ, जानकी फाइनान्सको १३ करोड ६० लाख रुपैयाँ, सिइडीबी हाइड्रोको १२ करोड ३ लाख रुपैयाँ र कालिन्चोक दर्शन लिमिटेडको १० करोड ६१ लाख रुपैयाँ बराबर कारोबार भयो ।

बिहीबार सबैभन्दा बढी कमाउनेमा नेपाल फाइनान्स, अप्पर लोहोरे खोला हाइड्रो, भगवती हाइड्रो , मनकामना इन्जिनियरिङ हाइड्रो र युनिलिर्भर नेपाल लिमिटेड रहे भने सबैभन्दा बढी गुमाउनेमा पोखारा फाइनान्स, कालिन्चोक दर्शन लिमिटेड, बाराही हाइड्रो, नेपाल वेयरहाउजिङ, र कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहे । बिहीबार सेयर बजारमा नेपाल फाइनान्स, अप्पर लोहोरे खोला हाइड्रो, भगवती हाइड्रोले भने सकारात्मक सर्किट हानेका थिए भने पोखारा फाइनान्सले नकारात्मक सर्किट हानेको थियो ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार