निर्जिवन बीमाको आम्दानी ३३ अर्ब पुग्यो, शिखर इन्स्योरेन्सको सबैभन्दा धेरै आम्दानी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मुलुकमा रहेको १४ वटा निर्जिवन बीमा कम्पनीहरुले एक महिना (वैशाख)को अवधिमा ३३ अर्ब रुपैयाँ भन्दा बढी रकम आम्दानी गरेका छन् । प्राधिकरणका अनुसार १४ वटा निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको वैशाखमसान्तमा ३३ अर्ब ६ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको बताएको छ । यो सँगै बीमा कम्पनीहरुको आम्दानी गत वर्षको वैशाखमसान्तको तुलनामा चालु आर्थिक वर्षको वैशाखमसान्तमा १.१६ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको वैशाखमसान्तमा बीमा कम्पनीहरुको आम्दानी ३२ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ रहेको थियो ।

प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको वैशाखमसान्तमा कुल निर्जिवन बीमालेखा जारी संख्या २४ लाख ७८ हजार ७ सय २७ वटा जारी गरिएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनमा ५.४५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा २३ लाख ५० हजार ६ सय ५२ वटा बीमालेखा जारी गरिएको थियो ।

प्राधिकरणका अनुसार १४ वटा बीमा कम्पनीहरु मध्ये सबैभन्दा बढी आम्दानी गर्नेमा क्रमशः शिखर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लगायतका संस्था रहेका छन् । समीक्षा अवधिमा शिखर इन्स्योरेन्सले ४ अर्ब ५४ करोड १२ लाख रुपैयाँ , सगरमाथा इन्स्योरेन्सले ३ अर्ब ८८ करोड ५५ लाख रुपैयाँ, सिद्धार्थ प्रिमिययर इन्स्योरेन्सले ३ अर्ब १८ करोड ७२ लाख लाख रुपैयाँ, हिमालय इभरेष्ट इन्स्योरेन्सले २ अर्ब ९३ करोड ३ लाख , आइजिआइ प्रुडेनिसियलले २ अर्ब ८८ करोड ८९ लाख रुपैयाँ, नेको इन्स्योरेन्स २ अर्ब ६४ करोड ७२ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब १७ करोड ६२ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सले २ अर्ब ३ करोड ९१ लाख रुपैयाँ आम्दानी गरेका छन् ।

त्यस्तै समिक्षा अवधिमा सनिमा जिआइसी १ अर्ब ९४ करोड ६६ लाख रुपैयाँ, द आरेन्टले इन्स्योरेन्सले १ अर्ब ६४ करोड ६० लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ४४ करोड ३९ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३४ करोड १ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब २५ करोड ८७ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ९४ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको छ । प्राधिकरणले बीमा कम्पनीहरुको आम्दानी बढ्नुमा आफनो सदस्य थप र नवीकरणलाई जोड दिनु रहेको बताएको छ । समीक्षा अवधिमा बीमा कम्पनीहरुको संख्या १०.६५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको वैशाखमसान्तसम्मा १ हजार १४ वटा कार्यालय रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा १ हजार १ सय २२ वटा रहेको छ । कर्मचारी पनि गत आर्थिक वर्षको वैशाखमसान्तसम्मा ५ हजार ५ सय ८१ जना रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा पाँच हजार ८ सय २० जना रहेका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार