एनसिएचएलले नेप्सलाई प्राप्ति गर्यो, एकीकृत कारोबार जेठ २१ बाट हुने

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) ले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (NePS) लाई प्राप्ति (Acquisition) गरी ‘नेपाल क्लियरिङ्ग हाउस लिमिटेड’ को नामबाट एकीकृत कारोबार संचालन  हुने भएको छ ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको रुपमा अनुमतिपत्रप्राप्त संस्था नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले भुक्तानी प्रणाली सञ्चालकको रुपमा अनुमतिपत्रप्राप्त संस्था नेपाल  ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेडलाई प्राप्ति (Acquisition) गर्ने सम्बन्धमा दुवै संस्थाले २०८०/१२/ २२ गते अन्तिम सम्झौता र   २०८१/०१/१३मा  बिशेष साधारणसभा गरी प्राप्ति सम्बन्धि  बिशेष प्रस्ताब पारित गरेका थिए ।

दुबै संस्थाको बिशेष साधारणसभाले प्रस्ताब पारित गरेबमोजिम नेपाल राष्ट्र बैंकले  २०८१/०२/०२ गते प्राप्ति सम्बन्धि अन्तिम स्वीकृति पत्र प्रदान गरेको थियो ।

अब  नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले प्राप्ति (Acquisition) गर्ने संस्था नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेडको सम्पूर्ण आम्दानी, खर्च, सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु प्राप्ति पछि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले क्लियरिङ्ग हाउस लिमिटेड”) को हुनेछ । पाप्ति पश्चात संस्थाको सोमबारबाट एकीकृत कारोबार२०८१/०२/२१ बाट  हुनेछ ।

प्राप्ति (Acquisition) पश्चात् संस्थाको (केन्द्रीय) कमलादी रहने छ ।   दुवै संस्थाको एकीकृत कारोबार शुरु हुँदा डाटा माइग्रेसन (Data Migration) लगायतको काम  गर्दा पनि  दुबै संस्थाको कुनै पनि भुक्तानी सेवा अवरुद्ध नहुने कम्पनीले जनाएको छ

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार