पशुपति सहकारीका अध्यक्ष सीबी लामा पक्राउ

काठमाडौं । पशुपति सेभिङ एन्ड क्रेडिटका अध्यक्ष सीबी लामा पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई भारतीय सीमा नजिकबाट पक्राउ गरेको हो ।

कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ संस्थाका तत्कालीन अध्यक्षसमेत उनले कान्तिपुर सहकारीको ६ अर्ब र पशुपतिको २ अर्ब गरी ८ अर्ब रकम अपचलन गरेको आरोप छ ।

उनले सहकारीका करिब ७ हजार बचतकर्ताको रकम दुरुपयोग गरि आफूसहित सहकारी सञ्चालकहरूको नाममा जग्गा किनेको देखिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार