पेट्रोलियम पदार्थको मुल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट आएको नयाँ खरिद मुल्य पेट्रोलको मुल्य प्रति लिटर ४.४२ र डिजेलको मुल्य प्रतिलिटर २.४५ घटेर आएको हुँदापनि  नेपाल सरकाको बजेट बक्तब्यमा १६ जेठ २०८१ देखि लागु हुने गरी  डिजेलमा प्रति लिटर १ रुपैँया हरित कर लगाएको छ

निगमले हरित कर समेत समाबेस गरी निगमको सञ्चालक समितिले  १९ जेठ २०८१ बाट लागु हुने गरि साबिकको खुद्रा मुल्यमा पेट्रोलमा प्रति लि ३ रुपैँया डिजेल र मट्टितेलमा प्रति लिटर १ रुपैँया घटाएको छ भने हवाइ इन्धन र एल पि ग्यासको मुल्य तथावत राखेको छ ।

नेपाल आयलनिगमको पत्र

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार