१० महिनामा बीमा कम्पनीको व्यापार साढे १ खर्बको

काठमाडौं ।  बीमा कम्पनीहरुको व्यापार बढ्दो क्रममा देखिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को तथ्यांक अनुसार बीमा कम्पनीहरुको व्यापार बढ्दो क्रममा देखिएको हो।

बीमा कम्पनीहरुले २०८१ वैशाखसम्म १ खर्ब ५४ अर्ब ५३ करोड २ लाख २९ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। बीमा कम्पनीहरुले २०८० वैशाखसम्म १ खर्ब ४६ अर्ब ७९ करोड ९३ लाख ५५ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

गत आवको सोही अवधिको तुलनामा बीमा कम्पनीहरुको व्यापार ७ अर्ब ७३ करोड ८ लाख ७४ हजार रुपैयाँले बढेको छ।

चालु आवको वैशाख मसान्तसम्म जीवन बीमा लेख ५५ लाख ७८ हजार २५९, म्यादि र लघु म्यादि बीमालेख ६३ लाख ६ हजार ५० र वैदेशिक रोजगार बीमा लेख २० लाख ७० हजार २६२ बिक्री गर्न सफल भएका छन्। यस अवधिमा कुल १ करोड ३९ लाख ५४ हजार ५७१ जीवन बीमा लेख बिक्री भएको छ।

चालु आवको वैशाख मसान्तसम्म २४ लाख ७८ हजार ७२७ निर्जीवन बीमा लेख बिक्री भएको छ।

प्रथम जीवन बीमा शुल्क मार्फत जीवन बीमा कम्पनीले वैशाखमा २४ अर्ब ३३ करोड ५५ लाख ९८ हजार रुपैयाँ संकलन गरेका छन् भने नवीकरण बापत ९७ अर्ब १२ करोड ५८ लाख ७५ हजार रुपैयाँ संकलन भएको छ। यस अवधिमा जीवन बीमा शुल्क बापत १ खर्ब २१ अर्ब ४६ करोड १४ लाख ७३ हजार रुपैयाँ संकलन गरिएको छ।

चालु आवको वैशाख मसान्तसम्म निर्जीवन बीमा शुल्क बापत ३३ अर्ब ६ करोड ८७ लाख ५६ हजार रुपैयाँ संकलन भएको छ।

बीमा प्राधिकरणका अनुसार ४३.५६ प्रतिशत जनसंख्या बीमाको दायरामा आएको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार