मेघगर्जन/चट्या्ङ्ग हावाहुरी सहित हल्का वर्षा हुने

काठमाडौं । नेपालमा स्थानीय वायु,  पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तरप्रदेश देखि पश्चिम बांग्लादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ ।

हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम  मुख्यतया सफा रहेको छ। कोशी प्रदेश एक-दुई स्थानमा मेघगर्जन/चट्या्ङ्ग हावाहुरी सहित हल्का वर्षा भैरहेको छ ।

आज कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी  पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्या्ङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  मौसमपुर्वानुमान महाशाखाले जनाएको छ  ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमपुर्वानुमान महाशाखाले  अनुरोध गरेको छ ।

 

 

 

 

 

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार