साताभर सेयर बजार : बजेटका कारण ५ अर्ब १७ करोडले घट्यो कारोबार रकम

काठमाडौं ।  आगामी आर्थिक वर्षको बजेटले पूँजी बजारको माग सम्बोधन नगरे सँगै यसको असर सेयर बजारमा देखिएको छ । गत साता २ हजार १ सय ३१.४९ विन्दुमा पुगेर बन्द भएको नेप्से परिसूचक यो साता नेप्से परिसूचक २ हजार ६९.५३ विन्दुमा पुगेर बन्द भएको छ ।

अंकको हिसाबल यो साता ६१.९६ अंकले तल झरेको छ । ठूला कम्पनीहरुको मापन गर्ने सूचक सेन्सेटभि इन्डेक्स पनि यो साता १२.४८ अंकले तल रह्यो । सेन्सेटिभ इन्डेक्स यो साता ३ सय ७०.१९ विन्दुमा पुगेको थियो भने गत साता ३ सय ८२.६७ विन्दुमा रहेको थियो ।

प्रभावित बनेको सेयर बजारमा यो साता कारोराबार रकममा पनि ५ अर्ब १७ करोड १६ लाख रुपैयाँले कमी आएको छ । यो साता १६ अर्ब ८२ करोड ७६ लाख रुपैयाँको कारोबार भयो । गत साता भने कारोबार रकम भने २१ अर्ब ९९ करोड ९२ लाख रुपैयाँ थियो । रकमको साथै सेयर कारोबार कित्तामा समेत कमी आएको छ । यो साता १ करोड ३२ लाख ९४ हजार सेयर कित्ताले कमी आएको हो । यो साता ४ करोड ९ लाख ७७ हजार सेयर कित्ता कारोबार भएको थियो । गत साता ५ करोड ४२ लाख ७२ हजार सेयर कित्ता कारोबार भएको थियो ।

बजार पुँजीकरण रकम भने यो साता ९८ अर्ब २४ करोड २३ लाख रुपैयाँले घटेको छ । यो साता ३२ खर्ब ८१ अर्ब १६ करोड रुपैयाँ कुल बजार पुँजीकरण रकम रहेको थियो । गत साता कुल बजार पुँजीकरण रकम भने ३३ खर्ब ७९ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो ।

यसैबीच यस साता सेयर बजार आरालो लागे पनि केहि उप–समुहहरुको भने कारोबारले निरन्तरता पायो । गत साताको तुलनमा यस साता होटल तथा पर्यटन, उत्पादन र म्युअुचल फण्डका लगानीकर्ताहरुले भने कारोबार सुचारु राखेको देखिन्छ । गत साताको तुलनामा यस साता होटल तथा पर्यटन ७३.५४, उत्पादन २५०.९५ र म्युअुचल फण्ड ०.०७ अंकले बढे । गत साताको तुलनामा यस साता बैकिङ सूमह ४३.५१ , जलविद्युत् २४.८२, लगानी १.२६, जीवन बीमा २९१.९१ , अन्य २९.४५ , म्युअुचल फण्ड ०.०७ अकंले घट्यो । त्यस्तै गत साताको तुलनामा यस साता निर्जीवन बीमा ३५५.५, वित्त ११.०२, व्यापार १८.३, विकास बैंक १०९.२ र लघुवित्त २२७.४३ अंकले घट्न पुगेको हो ।

आगामी आर्थिक वर्षको बजेटले शेयर बजार तथा यसका लगानीकर्ताहरुलाई नछुदा यो साता सेयर बजार प्रभावित बनेको देखिन्छ। लगानीकर्ताहरुले शेयर कारोबार वापत सरकारलाई बुझाउदै आएका पूँजीगत लाभ कर नै अग्रिम कर नभई अन्तिम हुनुपर्ने र आएकर ऐनको अनूसूची समेत संशोधन गर्नुपर्ने माग राख्दै आएकोमा बजेटले उक्त कुराको सुनवाई गरेन । बजेटले सेयर बजारको हकमा पुरानै व्यवस्थालाई कायम राख्दै नयाँ विषय समावेश नगर्दा लगानीकर्ताहरुमा निराशा छाउदा यस साता बजार प्रभावित भएको देखिन्छ । जसले गर्दा बजेट पश्चयातको दुई दिन अर्थात् बुधबार र बिहीबार सेयर बजार झनै प्रभावित बन्न पुगेको हो । सरकारले हरेक वर्ष जसरी आगामी आर्थिक वर्षको लागि पनि जेठ १५ गते बजेट ल्याएको थियो ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार