गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुइ स्थानमा हावाहुरी सहित पानी पर्ने

काठमाडौं । नेपालमा स्थानीय वायु,  पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तरप्रदेश देखि पश्चिम बांग्लादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ ।

आज देशभर आंशिक देखि साधारणतया बदली हुनेछ । कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्या्ङ्ग सहित हल्का वर्षा भैरहेको मौसमपुर्बानुमान महाशाखाले जनाएको छ  ।

ːआज दिउसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुइ स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको छ | देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसमपुर्वानुमान महाशाखाले जनाएको छ  ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार