सुनको मूल्य घट्यो

काठमाडौं । सुनको मूल्य घटेको छ। आइतबार सुन प्रति तोला २०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रति तोला १ लाख ४२ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ३०० रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाला सुन प्रति १० ग्राम १ लाख २१ हजार ७४५ रुपैयाँ र तेजावी सुन प्रति १० ग्राम १ लाख २१ हजार ११५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै आइतबार चाँदीको मुल्य भने प्रतितोला २५ रुपैयाँले घटेको छ । आइतबार चाँदीको लागि १ हजार ८५० रुपैयाँ तोकिएको छ भने चाँदी प्रति १० ग्रामको मूल्य भने १ हजार ५८६ रुपैयाँ तोकिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार