CLI

जीबी, छवि, रवि, कवि सबैलाई सहकारी ठगिको विषयमा छानबिन समितिले बयान लिन्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगन थापाले संसदिय छानबिन समितिले जीबी, छवि, रवि, कवि सबैसँग बयान लिने बताएका छन्। उनले जीबी अर्थात् गितेन्द्रबाबु राई, छवि अर्थात् छविलाल बन्जाडे जोशी र रवि लामिछाने सँग समितिले बयान लिन्छ ? भनि समितिलाई संसदमा बोल्ने क्रममा प्रश्न गरेका छन् । आइतबार संसदमा बोल्दै थापाले सहकारी ठगीका सम्बन्धमा अध्ययन गर्न गठन भएको संसदिय छानबिन समितले सबैसँग बयान लिने बताएका हुन्।

‘सुर्यदर्शन लगायतका सहकारीहरु जसबाट गोर्खा मिडियामा रकम गएको छ। त्यो रकम एक रुपैयाँ पैसा गए पनि गैरकानुनी हो। त्यो गैरकानुनी रकम प्रवाह भएको बारेमा अध्ययन हुन्छ। यो समिती सहकारीको खाता पनि पल्टाउँछ। गोर्खा मिडियाको खाता पनि पल्टाउँछ। खाता मात्रै पल्टाउँदैन। गोर्खा मिडिया सञ्चालन गर्ने गोर्खा मिडियाको मालिक जीबी होस् कि छवि होस् रवि होस् कि कवि होस् उसलाई पनि बोलाउँछन्। बलाउँछ छानबिन हुन्छ बयान लिन्छ,’ थापाले भने। साथै समितिले कानुन बमोजि कारबाहीको सिफारिस गर्ने उनले बताए।

Leave Your Comment

Related News