मनिष झाको गगन थापालाई कटाक्ष : बागबजारमा टायर बालेको आधारमा राजनीतिमा उभिएका होइनौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरु जेलमा बसेको र बागबजारमा टायर बालेको योग्यता देखाएर राजनीतिमा नआएको बताएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा सांसद झाले नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाको अभिव्यक्ति माथि टिप्पणी गर्दै यस्तो बताएका हुन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका गगन थापाले आफूहरुको आन्दोलनले प्रजातन्त्र र गणतन्त्र आएको र त्यसबखत अहिले अवस्था परिवर्तन गर्ने नाममा उदाएकाहरु कहाँ थिए भन्ने रास्वपालाई व्यंग्य गर्दै अभिव्यक्ति दिएका थिए । त्यसको जवाफमा सांसद झाले व्यवस्था परिवर्तनमा गरेको योगदानलाई धन्यवाद दिँदै सोही जेलमा बसेको र टायर बालेको आफूहरुको योग्यता नभएको बताएका हुन्, ‘हामी अरु केही विकल्प नभएर राजनीतिमा आएका राजनीतिज्ञ हैनौँ । हाम्रो विगत कमजोर पनि थिएन’, उनले थपे, ‘हामी जेलमा यति दिन बस्यौँ र बागबजारमा यति पटक टायर बाल्यौँ भन्ने आधारमा राजनीतिमा उभिरहेका पनि छैनौँ ।’

त्यस्तै उनले सँधैभरि व्यवस्थाको ब्याज खाएर नहुने र अवस्था परिवर्तन गर्नुपर्ने बताएका छन् । ‘जसरी कोर्ष परिवर्तन हुन्छ, त्यसैगरि करिकुलम पनि परिवर्तन गर्नुपर्छ । हामी जुन कक्षामा पढ्छौँ, त्यहि कक्षाको करिकुलम हुनुपर्छ । हामी पाँच कक्षाको करिकुलम पढेर एसइई पढ्नका लागि त्यहि किताब पढ्नुपर्छ ।’, उनले भने, यो देशको राजनीतिमा कोर्षमा धेरैपटक परिवर्तन भयो । सात दशकमा सात पटक संविधान परिवर्तन भयो । ७ दशकमा ६ पटक राजनीतिक व्यवस्था परिवर्तन भयो । तर अवस्था अलिअलि मात्र भयो ।’

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार