सूचना प्रविधि अबको भविष्यः अर्थविद् वाग्ले

काठमाडौं । अर्थविद् प्रा.डा अच्युत वाग्लेले अबको भविष्य सूचना प्रविधि भएको बताएका छन्। इकोनोमिक मिडिया सोसाइट नेपाल (इम्सन)ले आज आयोजना गरेको पोस्ट–बजेट छलफल कार्यक्रममा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै अर्थविद् वाग्लेले यस्तो बताएका हुन्।
सूचना प्रविधि क्षेत्रमा ३० खर्ब निर्यात गर्ने बजेटमा लक्ष्य लिइएको छ। ‘सूचना प्रविधि क्षेत्रमा कम्तीमा निर्यातको लक्ष्य राखिएको छ। किनकि सूचना प्रविधि अबको भविष्य हो। त्यसलाई पोजिटिभ रुपमा लिनुपर्छ,’ वाग्लेले भने।

आगामी आर्थिक वर्षको बजेट महत्वाकांक्षी नरहेको उनको दाबी छ। ‘यो बजेट महत्वाकांक्षी छैन। यसमा सबैले प्रशंसा गरेका पनि छन्। तर, यो खुसीको कुरा हो कि होइन भन्ने विषयमा छलफल गरौँला। कार्यान्वयन गर्न सकिने हिसाबले यो बजेट महत्वकांक्षी छैन,’ उनले भने।

राजस्व लक्ष्य हेर्दा अहिलेको दरमा अलिकति महत्वकांक्षी देखिने वाग्लेले बताए। ‘महालेखाको वेबसाइटमा हेर्दा ६३ प्रतिशत राजस्व लक्ष्यको उठेको देखिन्छ। त्यसरी हेर्दा ८० प्रतिशत भेट्न पनि गाह्रो छ’, उनले भने, ‘आगामी वर्षको लक्ष्य चाहिँ राजस्वका नयाँ स्रोतहरु के फेला पर्छन् र त्यसले कति बढाउँछ भन्ने प्रश्न आफ्नो ठाउँमा छ।’

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार