व्यवसायीको मनोबल गिराएर राजस्व उकालो लाग्दैन: चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले व्यवसायीको मनोवललाई गिराएर राजस्व संकलन उकालो नलाग्ने बताएका छन् । पछिल्लो समय सरकारले राजस्व संकलनको लक्ष्य ठुलो लिएपनि सोही अनुसार व्यवसायीको आत्मबलमा ठेस पुग्ने काम गरिरहेकाले यसले सरकारीलाई नै घाटा हुने उनले बताए ।

उनले इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफलमा यस्तो बताएका हुन् । उनले आलुप्याजमा लागेको भ्याटका कारण व्यवसायीले नेपाली र विदेशी प्याज छुट्याउन नसकेकै कारण सरकारले दुँद दिईरहेको कुरा सम्झिँदै भ्याट हटाएको कुरालाई लिएर स्वागत गरिएको बताए ।

‘नेपालमा भएको उत्पादन या भारतबाट आयात भएको भन्ने यकिन नहुँदा यसमा व्यवसायीले अप्ठ्यारो मानेका थिए,’ उनले भने, ‘आयात प्रतिश्थापन र निर्यात बढाउने कुराहरु स्वागतयोग्य छन् ।’

उनले सहकारीका संचालकबाट बचतकर्ताको भर्पाई गर्ने कुरामा केहि असहमति रहेको बताए । नक्कली भ्याट विल जारी गर्नेलाई कारबाही हुनुपर्नेमा जोड दिँदै उनले त्यो उद्योगसँग सम्बन्धितसबैलाई यसमा जोड्न नहुने बताए ।

स्रोतको अभिलेखीकरण हालसम्म नगरिएको बताउँदै उनले त्यस्तो सम्पत्तिको अभिलेखीकरण हुनुपर्ने र आयात हुने वस्तुको अनुगमन गरी भन्सार मूल्यांकन जारी हुनुपर्ने उनको भनाई छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार