उद्योगमैत्री कानुनहरु समयानुकुल परिवर्तन गरिनुपर्छः सीएनआई अध्यक्ष राजेशकुमार अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले उद्योग, व्यवसायमैत्री कानुनहरु समयानुकुल परिवर्तन गरिनुपर्नेमा जोड दिएका छन् । आईतबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

बजेटले नयाँ सुधारको कार्यक्रम अघि बढाउने कुरा उल्लेख गरेको बताउँदै उनले निजी क्षेत्रको मनोवल बढाउने, पर्यटन उद्यमशिलता बढाउनेलगायतका क्रियाकलापहरु बजेटका समेटिएको बथताए ।

उनले विभिन्न ऐन तथा नियमावलीमा समायनुकुल परिवर्त गर्ने कुरालाई समेटेको बजेटले समेटेकाले यसको स्वागत गरिएकोसमेत बताए । ‘बजेटमा भनिएका नयाँ र सुधारात्मक कानुनहरु चाँडो ल्याउनुपर्दछ,’ उनले भने, ‘सूचना प्रविधिलाई जोड दिएर गरिएको घोषणाका कारण हामी उत्साहित छौं ।’

निजी क्षेत्रका लागि सरकारको प्राथमिकता के हो अझै नबुझिएको उनले बताए । पछिल्ले समय उद्योगीको मनोबल गिरेको बताउँदै उनले बजारमा मन्दी छाएको र यहि बेलामा सरकारले बजेटमार्फत केहि वस्तुको कर बढाईदिँदा झन समस्या थपिएको बताए । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउनेगरी बेलैमा नसोचे बजेटमा घोषणा गरिएअनुरुपको आर्थिक वृद्धिदर हासिल गर्न अप्ठ्यारो हुने उनको भनाई छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार