डिप्रोक्स लघुवित्तको १५ लाख ५१ हजार बोनस सेयर सूचीकृति

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । यो सँगै डिप्रोक्सको १५ लाख ५१ हजार ८८ बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

संस्थाले २०८० चैत १ गते बसेको ३४६ औं बैठकमार्फत् आफना सेयर धनीहरुलाई बोनस सेयर प्रदान गर्ने निर्णय गरेको थियो । आर्थिक वर्ष २०७९÷८० सम्मको मुनाफा रकमबाट चुक्ता पूँजीको १० प्रसितशतले हुन आउने रकम १५ करोड ५१ लाख ८ हजार ८ सय १६ रुपैयाँ ६१ पैसा बराबरको बोनस सेयर वितरण गर्ने निर्णय गरेको थियो ।

संस्थाको जारी तथा चुक्ता पूँजी १ अर्ब ५५ करोड १० लाख ८८ हजार १ सय ६६ रुपैयाँ ११ पैसा रहेकोमा बोनस शेयर जारी पछि कायम हुने जारी तथा चुक्ता पूँजी १ अर्ब ७० करोड ६१ लाख ९६ हजार ९ सय ८२ रुपैयाँ ७२ पैसा पुराउने लक्ष्य रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार