झिनो अंकले घट्यो सेयर बजार, ४ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार झिनो अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ३.९७ अंकले घट्दा २ हजार ७९.०७ विन्दुमा पुगेर बन्द भएको छ । ठूला कम्पनीको मापन गर्ने सेन्सटेभि इन्डेक्स १.५८ अंकल घट्दा ३ सय ७०.०६ विन्दुमा पुगेर बन्द भएको हो । आइतबार दोहोरो अंकले बढेको सेयर बजार सोमबार ०.१९ प्रतिशतले घटेको हो ।

सोमबार ३ सय १६ वटा कम्पनीको ८८ लाख २० हजार १ सय २५ कित्ता सेयर करोबार हुदाँ कारोबार रकम भने ४ अर्ब ४० लाख ७० हजार २ सय ४३ रुपैयाँ ६० पैसा रह्यो । सोमबार ५९ हजार २ सय ९५ पटक कारोबार हुदाँ बजार पुँजीकरण भने ३२ खर्ब ९६ अर्ब ७८ करोड ६५ लाख ५५ हजार १ सय १६ रुपैयाँ ४ पैसा  रह्यो ।

सोमबार १ सय १० वटा कम्पनीको सेयर मूल्य बढ्दा १ सय २९ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
सोमबार १३ वटा समूहमध्ये १२ वटा समूहको सेयर उकालो लाग्दा १ वटा समूहको सेयर ओरालो लागेको हो । जसमा लघुवित्त रहेको छ । सोमबार बैकिङ ८.३८, विकास बैंक १२.४८, वित्त (फाइनान्स) ०.०६, होटल तथा पर्यटन ४५.४०,जलविद्युत ३.०६, लगानी ०.१२, जीवन बीमा २०.७७, उत्पादन र प्रशोधन ६९.८१,म्युअुचल फण्ड ०.०४, निर्जिवन बीमा ७१.०६, अन्य ६.२६ र व्यापार १.०५ अंकले घटेको हो । लघुवित्त भने १ सय ६.७९ अंकले बढेको हो ।

सोमबार सबैभन्दा बढी कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट बैंक, पोखरा फाइनान्स, ग्रीन भेन्र्चस लिमिटेड, नेपाल फाइनान्स र हिमालयन लघुवित्त वित्तीय संस्था रहे । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट बैंकको १४ करोड ८५ लाख ९५ हजार रुपैयाँ, पोखरा फाइनान्सको १३ करोड ८६ लाख ५१ हजार रुपैयाँ , ग्रीन भेन्र्चस लिमिटेडको १२ करोड ४० लाख ६६ हजार रुपैयाँ , नेपाल फाइनान्सको १० करोड ७ लाख ८३ हजार रुपैयाँ र हिमालयन लघुवित्त वित्तीय संस्थाको १० करोड ७ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

सोमबबार बुद्धभुमि नेपला हाइड्रो कम्पनीले सकारात्मक सर्किट हान्दा सबैभन्दा बढी कमाउनेमा हिमालयन लघुवित्त वित्तीय संस्था, नेशनल लुघवित्त वित्तीय संस्था, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था र ज्योति विकास बैंकका लगानीकर्ता रहे । त्यस्तै, एनआइबीएल स्टेबल फण्डले नकारात्मक सर्किट हान्दा सबैभन्दा बढी गुमाउनेमा मनकामना इन्जिनियरिङ हाइड्रोपवार लिमिटेड, कालिन्चोक दर्शन लिमिटेड, राप्ती हाइड्रो एण्ड जर्नल कन्सर्टक्सन लिमिटेड र सुपर मार्दी हाइड्रोपावरका लागनीकर्ताहरु रहे ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार