आज भारतीय लोससभा निर्बाचनको मतपरिणाम आउँदै

काठमाडौं । आज जुन ४ मा भारतीय लोकसभा चुनावको मतगणना पश्चात मतपरिणाम सार्वजनिक हुने दिन हो । भारतमा सात चरणमा भएको चुनावमा  जुन १ मा अन्तिम चरणको चुनाव सम्पन्न भएको थियो ।

लोकसभा चुनाव मार्फत केन्द्रिय सरकारको छिनोफानो हुने गर्दछ ।  हाल सम्पन्न २०२४ को लोकसभा चुनावमा दुई गबन्धनको बिचमा चुनावी भिडन्त भएको पाइन्छ । भारतीय जनता पार्टी ( बिजेपी) ले लिड गरेको एनडीए गठबन्धन र कंग्रेसको नेतृत्वको इन्डिया गठबन्धन ।

चुनाव पछि आएका विभिन्न एक्जिट पोलका अनुसार एनडीएको स्पष्ट बहुमत आउने देखिएको छ । एक्जिट पोलको नतिजाले एनडीए गठबन्धन निकै खुशी छ भने विपक्षी इन्डिया गठबन्धन यो कुरा मान्न तयार छैन ।  विपक्षी गठबन्धनले २९५ सिट ल्याउने दावी गरेका छन्।

विभिन्न एक्जिट पोललाई आधार मान्दा एनडीएको स्पष्ट बहुमत देखिए पनि ४०० पार थोरैको मात्र एक्जिट पोलमा देखिएको छ । एक्जिट पोलका अनुसार बिजेपीले अघिल्लो चुनावमा निकै राम्रो गरेको राजस्थान, विहार, हरियाणा जस्ता राज्यमा थोरै सिट घट्ने सम्भावना देखाएको छ । ४०० पारलाई रोक्न यी राज्यले असर गर्ने राजनैतिक विश्लेषकको दावी छ तर यो पटक दक्षिण बेल्टमा बिजेपीले सिट बढाउने आधार तय भएको अनुमान लगाउन सकिन्छ । दक्षिण बेल्ट बिजेपीको निकै कमजोर क्षेत्र हो तर  यस अघिका दुई चुनावमा बिजेपीले त्यस क्षेत्रमा भोट प्रतिशत वृद्धि गर्दै आएको छ । केरल जस्ता राज्य जहाँ  बिजेपी निकै कमजोर देखिन्थ्यो त्यहाँ केही सिट जित्ने आकलन  केही एकजिट पोलले गरेका छन् ।  बिजेपी पार्टीको लोकप्रियता दक्षिणमा कम भए पनि प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता धेरै भएको र यो चुनाव एनडीए गठबन्धनले  प्रधानमन्त्रीनरेन्द्र मोदीको नामबाट लडेकाले पनि दक्षिणमा २०१९ को भन्दा निकै राम्रो प्रदर्शन हुने अनुमान राजनैतिक विश्लेषकले गरेका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार