सुन हालसम्मकै महँगो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। मंगलबार सुन प्रति तोला एक हजार ७०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रति तोला १ लाख ४२ हजार ७०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँ तोकिएको छ ।

मंगलबार छापावाला सुन प्रति १० ग्राम १ लाख २२ हजार ३४५ रुपैयाँ र तेजावी सुन प्रति १० ग्राम १ लाख २१ हजार ७४५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै मंगलबार चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले बढेका छ। मंगलबार चाँदीको मूल्य १ हजार ८६० रुपैयाँ तोकिएको छ भने चाँदी प्रति १० ग्रामको मूल्य भने १ हजार ५९५ रुपैयाँ तोकिएको छ ।

गत शुक्रबार सुन हालसम्मको सबैभन्दा उच्च विन्दु १ लाख ४२ हजार २०० रुपैयाँ प्रति तोला कारोबार भएको थियो। त्यस पछि आइतबार र सोमबर सुनको मूल्यमा केही गिरावट आएको थियो। मंगलबार भने सुन सर्वाधिक महँगो भएको हो।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार