नेपाल टेलिकमको एमडी नियुक्ती प्रक्रिया अघि बढ्यो, सञ्चार मन्त्रालयद्वारा दरखास्त आह्वान

काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) नियुक्ती प्रक्रिया अघि बढाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार सार्जजनिक सूचना मार्फत एमडीका लागि दरखास्त आह्वान गरेको हो। योग्यता पुगेका र इच्छुकले १५ दिनभित्रमिा आवेदन बुझाmउनुपर्नेछ।

दस्खास्त आह्वान गर्नु अघि बिहीबारको मन्त्रिपरिषद्ले नेपाल टेलिकमको प्रबन्ध निर्देशकको नियुक्ती र सेवा सुविधा सम्बन्धी (पहिलो संशोधन) निर्देशिका स्वीकृत गरेको थियो।

निर्देशिकामा सरकारले मुख्य तीन विषय संशोधन गरेको छ।

संशोधन मार्फत सिभिल र मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेकाहरु पनि एमडीका लागि प्रतिस्पर्धा गर्न पाउनेछन्।

संशोधन अघि निर्देशिकामा मान्यताप्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानुन, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्यूनिकेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ मध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्था थियो।

अब उमेर हद २ वर्ष बढाएर ५८ वर्ष कायम गरिएको यस अघि आवेदन दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर ३५ वर्ष पुरा भई ५६ वर्ष ननाघेको हुनुपर्ने प्रावधान थियो।

सरकारले नेपाल दूरसञ्चार कम्पनी वा सोही प्रकृतिका दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्व वा आंशिक स्वामित्व भएका संस्था वा निकायको व्यवस्थापकीय पदमा कम्तीमा ३ वर्ष काम गरेको अनुभव हटाएको छ। अब व्यवस्थापकीय पदमा अनुभव नभएकाहरुले पनि प्रतिस्पर्धा गर्न पाउनेछन्।

सरकारले सरकारले एमडीको कार्यअनुभव पनि परिमार्जन गरेको छ। संशोधन अघि नेपाल दूरसञ्चार कम्पनी वा सोही प्रकृतिका दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्व वा आंशिक स्वामित्व भएका संस्था वा निकायको व्यवस्थापकीय पदमा कम्तीमा ३ वर्षसहित १२ वर्षको कार्य अनुभव भएको हुनेपर्ने व्यवस्था थियो।

भ्रष्ट्राचारको मुद्दामा तत्कालिन प्रबन्ध निर्देशक सुनिल पौडेललाई अदालतले दोषी ठहर गर्दै जरिवानासहित कैद सजाय तोकेसँगै नेपाल टेलिकममा नयाँ प्रबन्ध निर्देशक नियुक्त गर्ने बाटो खुल्ला भएको थियो।

गत वैशाख २५ गते विशेष अदालतले राष्ट्रिय भुक्तानी प्रणाली स्थापनामा अनियमिता गरेको ठहर गर्दै निलम्बित प्रबन्ध निर्देशक पौडेललाई ९ वर्षको कैदको फैसला गरेको थियो।

अदालतको फैलसासँगै पौडेलको नेपाल टेलिकमको प्रबन्ध निर्देशकको पद गुमेको थियो।

पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यकारी निर्देशक हुँदा राष्ट्रिय भुक्तानी प्रणाली स्थापनामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ भदौ ३० गते मुद्दा दायर गरेको थियो। अख्तियारले मुद्दा दायर गरेसँगै पौडेल निलम्बनमा परेका थिए।

टेलिकमको प्रबन्ध निर्देशक निलम्बनमा परेपछि सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले मन्त्रीस्तरिय निर्णय गर्दै २०७९ असोज १७ गते कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडीलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको थियो।

अहिले सञ्चार मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर एमडीका लागि दरखास्त आह्वान गरेको हो।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार