एकल अंकले बढ्यो सेयर बजार, ४ अर्बको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार एकल अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ६.२२ अंकले बढ्दा २ हजार ८५.३० विन्दुमा पुगेर बन्द भएको छ । ठूला कम्पनीको मापन गर्ने सेन्सटेभि इन्डेक्स १.९५ अंकल बढ्दा ३ सय ७२.०२ विन्दुमा पुगेर बन्द भएको हो । सोमबार ३.९७ अंकले घटेको सेयर बजार मंगलबार ०.१९ प्रतिशतले घटेको हो ।
मंगलबार ३ सय १५ वटा कम्पनीको ८३ लाख ८ हजार ७ सय ८६ कित्ता सेयर करोबार हुदाँ कारोबार रकम भने ४ अर्ब ८ करोड ४७ लाख १५ हजार ८ सय ७७ रुपैयाँ ४१ पैसा रह्यो । मगलबार ५३ हजार ९ सय ९९ पटक कारोबार हुदाँ बजार पुँजीकरण भने ३३ खर्ब ६ अर्ब ६६ करोड ४१ लाख २६ हजार ३ सय ८४ रुपैयाँ ७ पैसा रह्यो ।

मंगलबार १३ वटा समूहमध्ये १० वटा समूहको सेयर उकालो लाग्दा ३ वटा समूहको सेयर ओरालो लागेको हो । जसमा जलविघुत, म्युअुचल फण्ड र अन्य समूह रहेको छ । मंगलबार बैकिङ १.३२, विकास बैंक २३.१८ , वित्त (फाइनान्स) ६.४२, होटल तथा पर्यटन ५.३४, लगानी ०.५३, जीवन बीमा ४८.३७, उत्पादन र प्रशोधन ५२.७५, लघुवित्त ६६.४३, निर्जिवन बीमा ५९.६४ र व्यापार ७९.३४ अंकले बढेको हो । जलविद्युत १५.४७, म्युअुचल फण्ड ०.०२ र अन्य समूह ७९.३४ अंकले घटेको हो ।

मंगलबार १ सय २५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १ सय १४ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।मंगलबार सबैभन्दा बढी कारोबार हुनेमा सीइडीबी हाइड्रो, नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट बैंक,युनाइटेड अजोड इस्योरेन्स र ग्लोबल आइएमइ लिघुवित्त वित्तीय संस्था रह्यो । सीइडीबी हाइड्रोको २० करोड ९२ लाख २४ हजार रुपैयाँ , नेपाल फाइनान्सको १२ करोड ९८ लाख ३७ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट बैंकको ११ करोड ८२ लाख ६८ हजार रुपैयाँ,युनाइटेड अजोड इस्योरेन्सको ११ अर्ब ७९ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

मंगलबार ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाको सेयरमा सकारात्मक सर्किटन लाग्दा सैबभन्दा बढी कमाउनेमा ग्लोबल आइएमइका साथै नारायणी डेभलप्मेन्ट बैंक, माहुली लघुवित्त वित्तीय संस्था लिमिटेड , हिमालयन लघुवित्त वित्तीय संस्था र माथिल्लो मैलुन खेला जलविघुत कम्पनी रह्यो । भने सबैभन्दा बढी गुमाउनेमा बुद्धभुमि नेपला हाइड्रो कम्पनी, इस्ट्रन हाइड्रोपावर लिमिटेड, गाण्पति लघुवित्तीय वित्त संस्था, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड र अप्पर लोहोरे खोला हाइड्रोपावारका लगानीकर्ताहरु रहे ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार