आलुको उत्पादन घट्ने आरजुको दाबी, अर्थमन्त्री दिइन् ९ सुझाव

काठमाडौं ।  नेपाली कांग्रेसकी सांसद आरजु राणाले कर घटाउँदा आलु उत्पादन घट्ने बताएकी छिन् । आगामी आर्थिक वर्षको बजेटले ल्याएका कतिपय विषयहरुले नागरिकहरुलाई लाभ दिन नसक्ने भन्दै ७ प्रतिशत आयात हुने आलुमा ख्याल नगरी कर घटाउदा आलु उत्पादन घट्ने बताइन् ।

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति समेत रहेकी राणाले आलुमा लगाएको कर, कृषकलाई बैकिङ सिस्टममार्फत् भुक्तानी व्यवस्थापन लगायतका सुझावहरु दिएकी छिन् । उनले बजेटमार्फत् अर्थमन्त्री पुनले सो व्यवस्था गर्नुपर्ने भन्दै नौ वटा सुझाव दिइएकी हुन् ।

1. सांसद राणाका अनुसार कृषिमा टेक्निकल जनशक्तिको वृद्धि गर्नुपर्ने हुन्छ । यसका लागि सरकारले ओएनएम समेत गरेको छ । उक्त ओएनएमलाई अगाडि बढाउन सांसद रणाले सुझाएकी छन् ।

2. दूध कृषक र उखु किसानले समयमै भुक्तानी नपाएको गुनासो हरेक वर्षजसो आउने गरेको भन्दै सांसद राणाले यसका लागि बैंकिङ्क सिस्टम मार्फत भुक्तानीको प्रबन्ध मिलाउन सुझाएकी छन् ।

3. मार्केट मेकानिजम ख्याल गर्न पनि अर्थमन्त्रीलाई उनको सुझाव छ । चालु आर्थिक वर्षमा आलुमा भ्याट लगाएको कारण नेपालमा आलुको उत्पादन बढेको पाइएको उनले बताइन् ।‘‘नेपालमा जम्मा ७ प्रतिशत आयात हुने । त्यसले नेपाली आलुको भाउ तय गर्ने गरेको रहेछ । यति सस्तो गरी आउने रहेछ । यसलाई ख्याल गरेर भ्याट लगाउँदा आलुको उत्पादन बढेको रहेछ । अब कर घटाउँदा फेरि आलु उत्पादन घट्न सक्छ’ उनले भनिन् ।

4. सांसद राणाले कुन महिनामा कति वस्तु उपभोग हुन्छ त्यस आधारमा नीति अवलम्बन गर्न उनको सुझाव छ । उनले भनिन्, ‘यसमा सरकारले अध्ययन गरोस् । त्यस आधारमा सरकारले आयात गर्ने कि नगर्ने तय गरोस् । यो माछा, फलफूल आदिमा गर्न आवश्यक छ ।’

5. नेपालमा १० लाख हेक्टर क्षेत्रफल जमिन बाँझो रहेको तथ्याङ्क सांसद राणाले सुनाएकी छन् । ‘यो जमिनलाई उपयोग गर्न सकेका छैनौं । यसमा बजेट हाल्न सक्यौं भने ५देखि ७ लाख भाइबहिनीहरू नेपालमै बस्न सक्थे होला । यसका लागि आएकै बजेटबाट समेत मिलाउन सकिन्छ’ सांसद राणाको सुझाव छ ।

6. सांसद राणाले नेपालमा भोकमरीको समस्या रहेको विश्वव्यापी भोकमरीको इन्डेक्सले देखाएको बताएकी छन् । दिगो विकास लक्ष्यलाई समेत असर गर्ने भएकाले यसमा ख्याल गर्न उनको सुझाव छ ।

7. जलवायु परिवर्तनले एकदमै असर पारेको छ । विपत्ति निम्त्याएको छ । यसका लागि विशेष ध्यान नदिएको जस्तो देखियो ।

8. नेपालको बोर्डरमा चुहावट रहेकोतर्फ ख्याल गर्न अर्थमन्त्री पुनलाई सांसद राणाको सुझाव छ । उनले भनिन्, ‘बोर्डरमा एकदमै धेरै चुहावट छ । यसका लागि काम गर्नुपर्नेछ ।’

9. सांसद रणाले वितरणमुखी बजेटलाई पनि सही टार्गेट गर्न सक्नेतर्फ ख्याल गर्न अर्थमन्त्री पुनलाई सुझाएकी छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार