काठमाडौं ।भारतको लोकसभा निर्बाचनको मतगणना पश्चात अन्तिम मतपरिणाम आएको छ । मंगलबार बिहान ८ बजेदेखि मतगणना सुरू गरेको थियो बुधबार बिहान ५४३ वटै क्षेत्रको मत परिणाम आएको हो ।यो पटक भाजपा एनडिए र कंग्रेस आई इन्डिया गठबन्धनबाट चुनाब लडेका थिए ।
यो पटक चुनावअघि प्रधानमन्त्री नरेन्द्र मोदीले ४ सय सिट जितेर पुन सरकार चलाउने दाबी गर्दै आएको थिए उनको चुनाबी क्याम्पियन पनि सोहि बमिजिम थियो । भारतमा निर्बाचन अघि र निर्बाचन वरीपरी भएका एक्जिट पोलहरूले पनि मोदी नेतृत्वको गठबन्धनले चार सय हाराहारीमा सिट ल्याउने दाबी गरेका थिए । भारतिय लोससभा निबाचनमा ५४३ क्षेत्रको अन्तिम मतपरिणाम आँउदा एनडिए गठबन्धनले २९५ र इन्डिया गठबन्धनले २३१ सिट सिटमा जित निकालेका छन् ।
२०१९ को लोससभा निर्बाचनमा एनडिए गठबन्धनले ३५२ मा जित निकाल्दा भाजपाले एकल रुपमा ३०३ क्षेत्रमा जित निकालेको थियो । यो पटक भाजपाको एकल सिट ६३ गुमाएको छ ।
कांग्रेस भने यो पटक आफ्नो सिट संख्या थपेको छ । अघिल्लो निर्बाचनमा उसले ५२ सिटमात्रै ल्याएको थियो ।