एलआईसी नेपालको साधारणसभा आब्हान, जेठ ३१ गते बुक क्लोज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले २२ औँ वार्षिक साधारणसभा  असार १३ ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११.४५ बजे बोलाएको  छ ।

सभाले सञ्चालक समितिले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन स्वीकृत गर्नेछ । लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७९।८० को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि सभाले अनुमोदन गर्नेछ । सभाले लेखापरीक्षण समितिको सिफारिसबमोजिम आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको बार्षिक साधारणसभा प्नयोजनार्थ  जेठ ३२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीको  जेठ ३१ गतेसम्म कायम शेयरधनीहरुमात्र वार्षिक साधारणसभामा सहभागी हुन पाउनेछन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार