CLI

महानगर परिसरका सबै अस्पताललाई १५ दिन भित्र आफ्नै औषधि पसल सञ्चालन गर्न काठमाण्डौ महानगरपालिकाको निर्देशन

काठमाडौं । काठमाण्डौ महागरपालिकाले महानगरपालिका भित्र संचालन भएका अस्पताललाई १५ दिन भित्र आफ्ने औषधि पसल संचालन गर्न भनेको छ । महानगरपालिकाले नेपाल सरकारबाट जारी भएको अस्पताल फार्मेसी सेवा सञ्चालन निर्देशिका २०७२, अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड र सम्मानित सर्वोच्च अदालतको २०७४।६।२को  आदेशका आधारमा अस्पतालहरूले आफ्नो स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने कानूनी व्यवस्था भएको उल्लेख गर्दै आफ्नै औसधि पसल सञ्चालन गर्न भनेको हो

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरूको आफ्नो स्वामित्वमा फार्मेसी (औषधि पसल) सञ्चालन नभएको र अन्य व्यक्तिहरूलाई फार्मेसी सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरू गुणस्तरीय फार्मेसी सेवाबाट वञ्चित भइरहेको तथा चर्को मुल्यमा औषधि तथा औषधिजन्य सामग्रीहरू बिक्री भइरहेको ले महानगरले अस्पताललालई आफ्नै फार्मेसि सञ्चालग गर्न भनेको हो ।

महागनरले महानगरवासीको स्वास्थ्य सेवा सरल र सुलभ रूपमा प्राप्त गर्ने हकलाई सुनिश्चित गर्न काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालित सबै अस्पतालहरूले १५ दिनभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन निर्देशनात्मक सुचना जारी गरेको हो ।

Leave Your Comment

Related News