२.५ प्रतिशत अग्रिम आयकर लागेमा मैदा उद्योग बन्द हुने

काठमाडौं ।  सरकारले गहुँमा २.५ प्रतिशत अग्रिम आयकर लगाएमा मुलुकमा रहेको मैदा उद्योग बन्द हुनेछ । नेपाल मैदा उद्योग संघले मैदा उद्योगको मुख्य कच्चा पदार्थको रुपमा रहेको गहुँमा २.५ प्रतिशत अग्रिम आयकर लगाएका मुलुकमा रहेको मैदा उद्योग बन्द हुने बताएका हुन् । अतिरिक्त महसुलले मैदा आटाको मुल्य बढन गई आयातित मैदासंग प्रतिस्पर्धा गर्न नसक्ने भन्दै संघले अग्रिम आयकर लागेमा उद्योग बन्द हुने, प्रतिस्पर्धा गर्न नसक्ने र गुणस्तीरय उत्पादन गर्न नसक्ने लगायतका समस्या हुने बताएका छन् ।

सघंका अनुसार गहुँमा अग्रीम आयकर लगााएको खण्डमा पर्ने असरहरु :

१. विगत ५ बर्षदेखी देशमा आत्मनिर्भर भएको मैदा उद्योगमा भारी नोक्सानी भई उद्योग बन्द हुने ।

२. समायोजन नगरेको रकम (अग्रिम आयकर र वर्षको तिर्नु पर्ने आयकरको ब्यालेन्स रकम) अर्को बर्षको लागि अग्रेशन गर्न अनुमति दिएको छैन र हामी यसलाई खर्चको रुपमा पनि बुक गर्न सक्दैनौं। यसमा आयकरको ऐनको प्रावधान प्रष्ट छैन ।

३.अग्रिम आयकरको रकम जुनकी आयकरबाट असुल गर्न मिल्ने अवस्था छैन । त्यसमा पनि बिक्री गर्नु भन्दा पूर्व लागतको रुपमा अग्रिम आयकरलाई जोडन एकाउन्टिङ प्रिन्सिपलको आधारमा नमिल्ने भएकोले यहां लागत बढी र विक्री रकम घटन आउछ जुन की कुने हालतमा उपयुक्त देखिदैन ।

४. अतिरिक्त महसुलले मैदा आटाको मुल्य बढन गई आयातित मैदासंग प्रतिस्पर्धा गर्न नसक्ने ।
५. मैदा÷आंटा चोकरको अवैध आयातलाई प्रोत्साहन मिल्छ र राज्यको राजश्वमा नकारात्मक असर पर्न जान्छ । अरबौको स्वदेशी लगानी डुब्ने सम्भावना र रोजगारीमा प्रत्यक्ष असर पर्छ ।

६. स्वदेशी मैदा उद्योग बन्द हुदा आयातित मैदा,आंटा, चोकरमा भर पर्नु पर्ने र उपभोक्ताले गुणस्तरिय पिठो खानबाट बन्चित हुने ।

नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि ल्याएको बार्षिक बजेटका समग्र पक्ष स्वागतयोग्य भएपनी कच्चा पदार्थ गहुँमा आर्थिक विधेयक २०८१ बाट अग्रिम आयकरको व्यवस्था गरेको थियो । गहुँबाट आंटा, सुजि, चक्की आटा, चोकर जस्तो खाद्य बस्तु उत्पादन गर्ने उद्योगलाई यो अग्रिम आयकरको भारले प्रत्यक्ष मार पर्ने भएको छ। कृषिमा आधारीत मैदा उद्योगलाई प्रत्यक्ष असर पर्ने भएकोले मैदा उद्योगको कच्चा पदार्थ गहुँमा लागेको अग्रिम आयकर हटाउन संघले अनुरोध गरेको छ ।

औद्योगिक प्रयोजनको लागि भारतबाट आयात हुने गहुँ र व्यापारीले आयात गर्ने तयारी मैदा दुवैको भन्सार महसुल र अग्रिम आयकर हेर्दा अब कच्चा बस्तु भन्दा तयारी बस्तु नेपालमा आयात गर्न सस्तो (गहुँको कर बढी र मैदाको कर कम ) हुने देखिन्छ। जसले गर्दा स्वदेशी मैदा उद्योग धारासाही हुने निश्चित रहेको संघको भनाई छ ।
कृषिमा आधारित मैदा उद्योगबाट उत्पादित मैदा÷आंटा देशमा आत्मनिर्भर भएको खाद्य बस्तु हो । कच्चा पदार्थ गहुँ र तयारी मैदा आयातमा समान कर लगाउदा भोलिका दिनमा स्वदेशी मैदा उद्योग धमाधम बन्द भई ठुलो लगानी जोखिममा पर्न जान्छ। नेपाल सरकारसंग संघको अनुरोध छ व्यापारिक प्रयोजनको लागि आयात गरीने गहुँ र मैदामा कर लगाउदा हुन्छ। तर स्वदेशी उद्योगले औद्योगिक प्रयोजनको लागि आयात गर्ने गहुँमा अग्रिम आयकर नलगाउन संघले आग्रह गरेको छ । देशमा आत्मनिर्भर भैसकेको स्वदेशी मैदा उद्योगको कच्चा पदार्थ गहुँमा लागेको अग्रिम आयकर खारेजि गरी मैदा उद्योग संरक्षण गरी दिनु हुन संघको अनुरोध छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार