दराज नेपालद्वारा ‘६.६ मिड–इयर सेल’को घोषणा, ७० प्रतिशतसम्म छुटमा सामान

काठमाडौं । अनलाइन किनमेल गन्तव्य, दराज नेपालले आफ्नो अत्यधिक प्रतिक्षारत मिड–इयर सेल ६.६ कोे घोषणा गरेको छ । योजना अन्तर्गत ६.६ मिड–इयर सेल मार्फत उपभोक्ताले ७० प्रतिशतसम्मको आकर्षक छुट, निःशुल्क डेलिभरी, रु. २ करोड बराबरको मेगा भाउचर लगायत अफरहरु प्राप्त गर्न सक्नेछन् । दराज ६.६ मिड–इयर सेल जुन ६ (जेठ २४, २०८१)देखि जुन १२ (जेठ ३०, २०८१) सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।

दराज ६.६ मिड–इयर सेल को प्रमुख आकर्षणका रुपमा, विभिन्न विक्रेता मार्फत खरीदकर्ताले अफर दिइएका सामग्रीहरुको खरिदका लागि न्यूनतम रु.४९९ खर्च गरेपश्चात निःशुल्क होम डेलिभरी सुविधा लिन सक्नेछन् । कम्पनीका अनुसार दराज एपको होमपेजमा रहेको “फ्री डेलिभरी“ ब्यानरमा क्लिक गरी भाउचरहरू संकलन गर्ने सुविधापनि उपलब्ध हुनेछ । साथै, सबै मेगा डिलमा समाविष्ट उत्पादनहरूमा कुनै न्यूनतम खर्च सिमा बिनापनि निःशुल्क डेलिभरीको सुविधा लागू हुनेछन् ।

उपभोक्ताहरुको शपिंग अनुभवलाई अझ सन्तोषजनक बनाउने उद्देश्यका साथ दराजले भर्खरै ‘बेष्ट प्राइस ग्यारेन्टी’ कार्यक्रमपनि सार्वजनिक गरेको छ । कार्यक्रम अन्तर्गत उपभोक्ताले ‘बेष्ट प्राइस (उत्तम मूल्य) ट्याग’का साथ विक्रिका लागि राखिएका उत्पादनहरू बजारका तुलनामा सर्वाधिक सस्तो मुल्यमा खरिद गर्न सक्ने बाचा गरिएको छ । ६.६ मिड–इयर सेलको अवधी भर यदि खरिदकर्ताले नेपालकै अन्य अनलाइन प्ल्याटफर्म मार्फत दराजले ‘बेष्ट प्राइस ट्याग’ उपलब्ध गराएको सामग्री, सो भन्दा सस्तो मूल्यमा फेला पार्न सके र दावी मान्य भएमा खरिदकर्ताले निर्धारित मुल्यको ५ गुणा रकम फिर्ता पाउनेछन् ।

६.६ मिड–इयर सेल बृहत छुट र बचतका बारेमा मात्र नभइ, यसको उद्देश्य उपभोक्तालाई बेजोड अनलाइन किनमेल अनुभव प्रदान गर्नुपनि रहेको कम्पनीको भनाई छ । स्वास्थ्य र सौन्दर्य, फेशन, अडियो र वेयरेवल्स, फर्निचर, घरको सजावट सामग्री लगायत अन्य थुप्रै उत्पादनमा पनि छुट्टाउनै नहुने अफरहरु उपलब्ध हुने बताइएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार