टी–२० विश्वकपः अमेरिकासँग पाकिस्तान स्तब

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा क्रिक्रेटको शक्ति राष्ट्र पाकिस्तान अमेरिकासँग पराजित भएको छ। पाकिस्तान सह–आयोजक अमेरिकासँग सुपर ओभरमा ५ रनले पराजित भएको हो।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले १९ रनको लक्ष्य दिएको थियो । जवाफमा पाकिस्तान १३ रनमा समेटियो ।

यसअघि पाकिस्तानले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १ सय ५९ रन जोड्दै खेल सुपर ओभरमा लगेको थियो ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ५९ रन बनाएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार