सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं । सुनको मूल्यले पुन कीर्तिमान कायम गरेको छ। शुक्रबार सुन मूल्य १ लाख ४५ हजार रुपैयाँ पुगेको छ। यो हालसम्मको सर्वाधिक मूल्य हो। बिहीबारको तुलनामा शुक्रबार छापावाला सून प्रति तोला एक हजार रुपैयाँले बढेको हो। शुक्रबार तेजावी सुन प्रति तोला १ लाख ४४ हजार ३०० रुपैयाँ कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

छापावाला सुन प्रति १० ग्रामको मूल्य १ लाख २४ हजार ३१५ रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख २३ हजार ७१५ रुपैयाँ छ।

चाँदी पनि प्रति तोला ५० रुपैयाँले बढेर १ हजार ९०० रुपैयाँ कायम भएको छ। चाँदी प्रति १० ग्राम १ हजार ६२९ रुपैयाँमा कारोबार भइरहेको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार