साताको सेयर बजारमा करिब २१ अर्बको कारोबार, थपियो १३ अर्ब बजार पूँजीकरण

काठमाडौं । ४० प्रतिशत धनात्मक र ६० प्रतिशत ऋणत्मक रहेको यो साताको सेयर बजारमा कारोबार रकम करिब २१ अर्ब रुपैयाँ थपिएको छ । यो साता सेयर बजारमा कारोबार रकम २० अर्ब ७८ करोड ८ लाख रुपैयाँ रहेको छ भने बजार पूँजीकरणमा १३ अर्ब ७ करोड ३७ लाख रुपैयाँ थपिएको छ । यो सँगै साताको अन्तिम दिन बजार पूँजीकरण रकम भने ३२ खर्ब ९४ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । अघिल्लो साता उक्त रकम ३२ खर्ब ८१ अर्ब ६६ करोड रुपैयाँ रहेको थियो ।
यो साता कारोबार कित्तामा भने १५ प्रतिशतले कमी आएको छ । अघिल्लो सातामा ४ करोड ९ लाख ७७ हजार सेयर कित्ता कारोबार भएकोमा यस साता ३ करोड ४९ लाख ५४ हजार सेयर कित्ता कारोबार भएको छ । यो साता क वर्ग तथा ठूला कम्पनीहरुमो मापन गर्ने सेनसेटिभ इन्डेक्स ०.०४ प्रतिशतले घटेको छ ।

यो साता केहि दिन सकारात्मक रुपमा अघि बढ्दा दोस्रो कारोबार बजारमा केहि समूहहरु सकारात्मक हुन पुगेको छ । जसले गर्दा लगानीकर्ताहरुले कमाउन सकेका छन् । यो साता  वित्त २.५८ प्रतिशत, होटल र पर्यटन ०.६४ प्रतिशत, जीबन बीमा ८७४.७१ प्रतिशत, उत्पादन र प्रशोधन ०.८६ प्रतिशत, लघुवित्त १.४८ प्रतिशत र व्यापार ९.६६ प्रतिशतले बढ्न पुगेको छ । त्यस्तै, यो साता बैकिङ समूह ६.९८ प्रतिशत, विकास बैंक ३.०३ प्रतिशत, जिलविद्युत ०.३० प्रतिशत, लगानी ०.९७ प्रतिशत, म्युअचल फण्ड ९८.९५ प्रतिशत, निर्जिवन बीमा ३.३१ प्रतिशत र अन्य समूह २.२७ प्रतिशतले घट्न पुगेको छ ।  समूहको सूचकहरु हेर्दा सातवटा समूहहरुका लगानीकर्ताले गुमाँउदा बाँकी छ वटा समूहका लगानीकर्ताहरुले कमाएको पाउन सक्छौं ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार