राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउसबीच क्रस बोर्डर कारोवार गर्नेसम्बन्धी सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड ९एनसीएचएल०बीच क्रस बोर्डर कारोवार गर्नेसम्बन्धी सम्झौता भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकका ग्राहक तथा भारतीय ग्राहकले एक देशबाट अर्को देशमा मोबाइल बैंकिङ तथा क्युआर कोडको माध्यमबाट कारोवार गर्न सक्नेगरि डिजिटल प्रविधिको व्यवस्था मिलाउन दुई संस्थाबीच सम्झौता भएको हो ।

यसले नेपालभित्र भारतबाट रकम प्राप्त गर्न सहज हुने राष्ट्रिय वाणिज्य बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तो कारोवार नेपाल राष्ट्र बैंकले तोकेको सीमा र परिधिभित्र रहेर गर्न सकिने विज्ञप्तिमा जनाइएको छ । एनसिएचएलको माध्यमबाट यस्ता कारोवार हुनेछन् ।

सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी तथा दुर्गा कुमारी कंडेल र विभागीय प्रमुख ऋषि राम ढकाल उपप्रमुख दिनेश ओझा तथा एनसीएचएलका तर्फबाट चिफ अपरेटिङ अफिसर मुन्नि राजभण्डारी र मनिष पटेलको उपस्थिति थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार