चार हजारले घट्यो सुनको मुल्य

काठमाडौं । आज सुनको मुल्यमा गरावट आएको छ  । शुक्रबार सुन मूल्य १ लाख ४५ हजार रुपैयाँ पुगेको सुनको मुल्य आज घटेर १ लाख ४१ हजार कायम भएको छ । शुक्रबारको  तुलनामा आइतबार छापावाला सुन प्रति तोला ४ हजार रुपैयाँले घटेको  हो । शुक्रबार तेजावी सुन प्रति तोला १ लाख ४४ हजार ३०० रुपैयाँ कारोबार भएको  थियो आज तजाबी सुन १ लाख ४० ३ सयमा कारोबार  बइरहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

शुक्रबार छापावाला सुन प्रति १० ग्रामको मूल्य १ लाख २४ हजार ३१५ रुपैयाँ रहेकोमा आज १लाखा २० हजार ८ सय ८५  रहेको छ  र शुक्रबार  तेजावी सुनको मूल्य १ लाख २३ हजार ७१५ रुपैयाँ कायम भएकोमा आज आइतबार  १लाख २० हजार २ सय ८५ रहेको छ ।

चाँदी पनि प्रति तोला  १ हजार ९०० रुपैयाँ कायम भएकोमा आज १८३५ रहेको छ भने  चाँदी प्रति १० ग्राम १ हजार ६२९ रुपैयाँ रहेकोमा आज १५ सय ६५ मा कारोबार भइरहेको छ

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार