५ घण्टा बन्द हुने फोनपे

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक संस्था फोनपे ५ घण्टा बन्द हुने भएको छ । नेटवर्कको स्तरोन्नतिको लागि भन्दै सोमबार ५ घण्टा बन्द हुन लागेको हो ।कम्पनीका अनुसार सोमबार अर्थात् भोलि विहान १ बजे देखि साँझा ५ बजे सम्म फोनपेका सम्पूर्ण सेवाहरु बन्द गर्न लागिएको हो ।

सेवा बन्द हुदाँ फोनपेको क्युआर भुक्तानी, बिल भुक्तानी र रकमान्तरक लगायतका सेवाहरु अवरुद्ध हुने छन् । यदि उक्त समयमा रकमान्तर तथा भुक्तानीको लागि सेवा लिनु परेमा कनेक्ट आइपीएस, नेपालपे क्युआर, डेबिट÷क्रेडिट कार्ड, पीओएस जस्ता अन्य माध्यमहरु प्रयोग गर्न सकिने बताइएको छ ।

पछिल्लो समय युवापुस्तामाझ भुक्तानी सेवाको लागि फोनपे प्रति आर्कषण बढ्दै गएको छ । पैसा झिक्न, राख्न र बाकेर हिड्नुपर्ने अवस्थाबाट मुक्त हुदाँ युवाहरु यस प्रति आर्कषण भएको कम्पनीको भनाई छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार