सामान्य अंकले घटेको सेयर बजारमा कारोबार रकम ५ अर्ब

काठमाडौं ।साताको पहिलो दिन आइतबार सेयर बजार सामान्य अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ४.५९ अंकले घटेर २ हजार ७३.१९ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार ठूला कम्पनीका मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.१५ अंकले घटेर ३ सय ६८.१८ विन्दुमा पुगेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक १.९३ अंकले घटेर ३ सय ७०.३४ विन्दुमा पुगेर बन्द भएको थियो ।

आइतबार ३ सय १३ वटा कम्पनीको १ करोड ४ लाख ५२ हजार १ सय २८ कित्ता सेयर कारोबार हुदाँ करोबारकम भने ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५ सय २२ रुपैयाँ २४ पैसाँ पुग्यो । ६९ हजार २सय १९ पटक सेयर कारोबार हुदाँ आइतबार बजार पूँजीकरण भने ३२ खर्ब ८७ अर्ब ४६ करोड १७ लाख ६१ हजार ९ सय ८१ रुपैयाँ ५ पैसा पुग्यो ।

आइतबार ९७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १ सय ४७ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो । आइतबार ५ वटा समूहको सेयर मूल्य बढ्दा बाँकी ८ वटा समूहको सेयर मूल्य घट्यो । जसमा होटल र पर्यटन १ सय ५५.०९, जलविद्युत २४.१७, लगानी ०.३३, उत्पादन र प्रशोधन ३३.१२ र अन्य समूह ०.१४ अंकले बढेको छ भने बैंकिङ समूह १०.७४, विकास बैंक २४.१४, वित्त १९.६७, जीवन बीमा ६९.६६, लघुवित्त ५१.१३, म्युअुचल फण्ड ०.०६, निर्जिवन बीमा ४८.४७ र व्यापार ४७ अंकले घटेको छ ।
आइतबार सबैभन्दा बढी कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट बैंक, सीइडीबी हाइड्रो डेभ्लपमेन्ट कम्पनी, सिटी होटल लिमिटेड , पोखरा पवmाइनन्स र हाथवेय लगानी नेपाल लिमिटेड रहेका छन् । बीमा ४८.४७ र व्यापार ४७ अंकले घटेको छ ।

आइतबार सबैभन्दा बढी कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट बैंकको ३२ करोड ३ लाख रुपैयाँ , सीइडीबी हाइड्रो डेभ्लपमेन्ट कम्पनीको २१ करोड १३ लाख रुपैयाँ , सिटी होटल लिमिटेडको १३ करोड ९७ लाख रुपैयाँ , पोखरा फाइनान्सको १२ करोड ३८ लाख रुपैयाँ, र हाथवेय लगानी नेपाल लिमिटेडको ११ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार इष्ट्रन हाइड्रोले , सु्भम पावर लिमिटेड, सिटी होटल लिमिटेड, कुथेली बुखरी स्मल हाइड्रो लिमिटेडको सकारात्मक सर्किट लागेको छ । त्यस्तै, बुद्धभूमि नेपाल हाइड्रो कम्पनीको नारात्मक सर्किट लागेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार