८ बीमा कम्पनीको नयाँ बोनस दर सार्वजनिक, कुनमा जीवन बीमा गर्दा बढी लाभ

काठमाडौं । सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनी मध्ये ८ वटा बीमा कम्पनीको बीमितलाई दिने बोनस दर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७९/८० को लागि बीमीतलाई प्रदान गर्ने बोनस दर सार्वजानिक गरेका हुन्।

बीमा गर्नुको पहिलो उद्देश्य जोखिमको न्यूनिकरण हो भने दोस्रो त्यसबाट आउने रिटर्न वा बोनस दर हो ।

८ वटा कम्पनीहरुले आर्थिक वर्ष २०७९/८० का लागि बोनस दर सार्वजनिक गरेका हुन् । बोनस दर सार्वजनिक गर्ने कम्पनीहरुमा लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड, मेटलाइफ (एलिको), एशियन लाईफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, सन नेपाल लाईफ इन्स्योरेन्स, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन्स लाइफ इन्स्योरेन्स र सुर्यज्योति लाइफ इन्स्योरेन्स रहेका छन्।

बोनस दर सार्वजनिक गरेका कम्पनीमध्ये केहीले अधिकांशले बीमितहरुलाई प्रतिहजार ९० रुपैयाँसम्म बोनस दर दिने भएका छन् ।

लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)

लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले बीमा अवधि अनुसार न्यूनतम ४१ रुपैयाँ देखि अधिकत्तम ६४ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ। कम्पनीले बाल सावधिकमा ३० र सो भन्दा माथि ६४ रुपैयाँ बोनस दिने घोषणा गरेको छ।

मेटलाइफ (एलिको)
मेटलाइफ (एलिको)ले बीमा अवधि अनुसार न्यूनतम ४५ रुपैयाँ देखि अधिकत्तम ८० रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ। कम्पनीले सावधिक (ईपीपी) र सावधिकमा २१ र सो भन्दा माथि ८० रुपैयाँसम्म बोनस दिने भएको हो।

एशियन लाईफ इन्स्योरेन्स
एशियन लाईफ इन्स्योरेन्सले बीमा अवधि अनुसार न्यूनतम ४२ रुपैयाँ देखि अधिकत्तम ७५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ। कम्पनीले सावधिक तथा आजिवन बीमा योजनामा २५ र सोभन्दा माथिलाई ७५ रुपैयाँ बोनस दिने भएको हो।

आइएमई लाइफ इन्स्योरेन्स
आइएमई लाइफ इन्स्योरेन्सले बीमा अवधि अनुसार न्यूनतम २२ रुपैयाँ देखि अधिकत्तम ८० रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ। कम्पनीले सावधिक तथा आजिवन बीमामा ३० र सोभन्दा माथि ८० रुपैयाँसम्म बोनस दिने जनाएको छ।

सन नेपाल लाईफ इन्स्योरेन्स
सन नेपाल लाईफ इन्स्योरेन्सले बीमा अवधि अनुसार न्यूनतम २५ रुपैयाँ देखि अधिकत्तम ५० रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ। कम्पनीले जारी गरेको बीमा योजनामा २५ वर्ष वा सोभन्दा बढी योग्दान दिनेलाई ५० रुपैयाँ बोनस दिनेछ।

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स
रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले बीमा अवधि अनुसार न्यूनतम २० रुपैयाँ देखि अधिकत्तम ७५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ। कम्पनीको रिलायबल सावधिक बीमामा २० र सो भन्दा माथिलाई ७५ रुपैयाँ बोनस दिने जनाएको छ।

सिटिजन्स लाइफ इन्स्योरेन्स
सिटिजन्स लाइफ इन्स्योरेन्स बीमा अवधि अनुसार न्यूनतम २५ रुपैयाँ देखि अधिकत्तम ७७ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ। कम्पनीको साावधिक तथा आजिवन योजनमा ३० र सोभन्दा माथि योग्दान पुर्याउनेलाई ७७ रुपैयाँ बोनस दिने भएको छ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स
सूर्यज्योति लाइफ इन्स्योरेन्स अवधि अनुसार न्यूनतम ३० रुपैयाँ देखि अधिकत्तम ९० रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ। कम्पनीको सूर्यज्योति चौरासी पुजा जीवन बीमा योजनामा ३० र सोभन्दा माथि ९० रुपैयाँ बोनस दिने जानकारी दिइएको छ।

बीमा दर यस्तो

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार