कोशी, बागमती र गण्डकी प्रदेशका केहि स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षा हुनसक्ने

काठमाडौं । मौसमपुर्वानुमान माहाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि  आंशिक  प्रभाव रहेको छ ।

कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली भई कोशी प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ महाशाखाले जनाएको छ ।

आज दिउसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश प्रदेशका थोरै तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्विनी, कर्णाली र सदूररपश्चिम प्रदेशको थोरै स्थानहरुमा हावा हुरीको पनि सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार