SKIP THIS

NCELL

चिरख्खा हाइड्रोपावरको साधारणसभा हुँदै, सर्वसाधारण समुहबाट दुई जना संञ्चालक नियुक्त गर्ने

काठमाडौं ।चिरख्खा हाइड्रोपावर लि.ले २०८१ साल असार २३ गते आइतबार बिहान ११:०० बजे क्वालिटी बैंक्वेट, बुद्धनगर, काठमाडौँमा पाँचौ वार्षिक साधारणसभा बोलाएको छ ।

साधारणसभाले अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७९/२०८० को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आ.व. २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०८०/ ०८१ का लागि लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने, सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकहरूको निर्वाचन गर्ने, कम्पनीको ठेगाना परिवर्तन गर्नुका साथै कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा समसामयिक थप/ संसोधन गर्ने कार्यतालिका रहेको छ ।

पाचौं साधारणसभा प्रयोजनार्थ २०८१/०३/१२ गते बुक क्लोज हुनेछ । २०८१ असार ११ गते सम्म कायम शेयरधनिले मात्र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार