ट्रस्ट माइक्रोइन्स्योरेन्सको साधारणसभा हुँदै, आइपिओ जारी गर्ने

काठमाडौं । ट्रस्ट माइक्रोइन्स्योरेन्सले कम्पनीले असार २२ गते बुटवल स्थित केन्द्रीय कार्यालयमा प्रथम वार्षिक साधारणसभा आह्वान गरेको गरेको छ।

कम्पनीको साधारणसभामा अध्यक्षद्वारा प्रस्तुत आ. व. २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आ.व.२०७९/८० को लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत सोहि अवधिको वित्तिय विवरणहरु सहित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने, आ.व. २०७९/८० को लागि संचालक समितिबाट नियुक्त बाह्य लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने, आ.ब. २०८०/८१ को लागि बाह्य लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने , स्वतन्त्र विज्ञ सन्चालकको नियुक्ति गर्ने रहेका छन्  ।

कम्पनीले बिशेष प्रस्ताब अन्तर्गत सर्वसाधारण शेयर निस्काशन गर्ने र सो सम्बन्धि आवश्यक कार्य गर्ने सन्चालक समितिलाई अख्तियारी दिने छ । भने सर्बसाधारणको लागि छुट्टाईएको शेयरबाट कर्मचारीलाई ५ प्रतिशत शेयर छुट्याउने गरि प्रबन्धपत्र संशोधन गरी पारित गर्ने छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार