कुमारी बैङ्कको संस्थापक शेयर बिक्रिमा सर्बसाधारणले पनि किन्न पाउने

काठमाडौं । कुमारी बैङ्कको संस्थापक शेयर ४५,५७,४१२ कित्ता आधारमा बिक्रिमा रहेको छ । सो शेयर खरिद गर्न चाहने खरिद कर्ताले  शिलबन्दी बोलपत्रको  आधारमा २०८१असार ३ गते ३  गते सम्म पेश गर्नु पर्नेछ ।

शिलबन्दी बोलपत्र पेश २०८१जेठ २८ देखि  प्रति कित्ता न्युनतम मूल्य रु १००/- (अक्षेरुपी एक सय रुपैयां मात्र ) मा खरीद गर्ने इच्छुक जो कोही व्यक्ति तथा संगठित संस्थाहरुले  बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौंमा आइपुग्ने गरी प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने हो उल्लेख गरि आबेदन दिनु पर्नेछ ।

संस्थापक शेयर खरिद गर्न चाहने खरिद कर्ताले बोलपत्र आवेदन फाराम रु.१००/- (एक सय) नगद भुक्तानी गरी कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौंमा पाइनेछ । शेयरको न्युनतम मुल्य प्रति शेयर रु १००/- तोकिएको हुँदा सो वा सोभन्दा बढी मुल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नुपर्नेछ ।

आवेदक प्राकृतिक व्यक्ति भएमा आवेदनका साथ एक प्रति फोटो, आवेदक स्वयंमले प्रमाणित गरेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, कर्जा सूचना केन्द्रको कालो सुचीमा नरहेको प्रमाणपत्र, आयश्रोत खुल्ने कागजात, प्रहरी प्रतिवेदन नेपाल राष्ट्र बैंकबाट तोकिएको विवरण फाराम (Fit & proper Test) पुरा गरेको हुनुपर्नेछ

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार