हिमालयन रिइन्स्योरेन्सको सामुहिक लगानीकोषको नाममा रहेको शेयरको लक इन अबधि सकिदै

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरेको  साधारण शेयरको लक-इन अवधि २०८० असार ११ गते सकिँदैछ ।

हिमालयन रिइन्स्योरेन्स कम्पनीले कुल जारी पूँजी रु.१० अर्बको ३० प्रतिशत  ३,००,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा २०८०मंसिर  २७ गतेदेखि २०८० पुष २  गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरी २०८० पुस ११ गते बॉडफॉड गरेको थियो  । शेयर निश्काशन तथा बिक्रि गर्दा साहुहिक लगानि कोषहरुले प्राप्त गरेको १५,००,००० कित्ता शेयर लक इनमा रहेको थियो ।

नेपाल धितोपत्र बोर्डको  लगानी कोषहरुलाई बाँडफाँड गरेको शेयर सर्वसाधारणमा शेयर बाँडफाँड गरेको मितिले ६ महिनासम्म लक इनमा राख्नुपर्ने कानुनी ब्यबस्थाका कारण सो शेयर कारोबारमा रहेको थिएन ।

सामुहिक लगानी कोषहरुलाई बाँडफाँड भएको  १५,००,००० कित्ता शेयरको  लक ईनको अवधि २०८१ असार ११ गते समाप्त भइ कारोबारमा आउने कम्पनीले जनाएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार