नेपाल लाईफ इन्स्योरेन्सको साधारणसभा हुँदै असार ४ गते बुक क्लोज

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सले असार १८ गते एक साथ दुई आर्थिक वर्षको साधारणसभा आह्वान गरेको छ । साधारणसभा कम्पनीको रजिष्टर्ड कार्यालय  पर्सामा बोलाएको छ  ।

साधारणसभामा कम्पनीले आर्थिक वर्ष २०७९/८० को लागि हाल कायम रहेको चुक्ता पूँजीको २१.०५% (कर प्रयोजनसहित) का दरले हुन आउने रू. १,७२,७९, ९२,९४९ /- बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताब माथि छपफल गरि पारित गर्ने र  गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण गर्ने बताएको छ । कम्पनीको साधारणसभा प्रयोजनको लागि असार ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीको असार ३ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

साधारणसभामा  संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आ.व. २०७८/७९ र आ.व. २०७९/८० को वार्षिक कार्य प्रगति प्रतिवेदनहरू पारित गर्ने ,लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७८/७९ र आ.व. २०७९/८० को वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने, संचालक समितिको अनुरोधमा कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्राप्त स्वीकृति अनुरूप आ.व. २०७९/८० को लागि लेखापरीक्षक एस. ए. आर. एशोसिएट्सलाई गरिएको नियुक्ति र निजको पारिश्रमिकलाई अनुमोदन गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व.२०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, आ.व.२०७९/८० को लागि संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पूँजीको २१.०५% (कर प्रयोजनसहित) का दरले हुन आउने रू. १,७२,७९, ९२,९४९ /- बराबरको नगद लाभांश वितरण गर्न स्वीकृत गर्ने प्स्ताब रहेका छन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार