सुनको मुल्य यथावत रहँदा चाँदीको मुल्य घट्यो

काठमाडौं । आज पनि सुनको मुल्य स्थिर रहेको छ । आइतबार प्रतितोला चार हजार रुपैयाँले घटेर  १ लाख ४१ हजार कायम रहेको सुनको मुल्य आज मंगलबार पनि  स्थिर रहेको हो ।

मंगलबार प्रतितोला छापावाला सुनको १ लाख ४१ हजार रुपैयाँमा तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। तेजाबी सुन प्रति तोला १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुन प्रति १० ग्राम १ लाख २० हजार ८ सय ८५ रहेको छ भने तेजावी सुन प्रति १० ग्राम १लाख २० हजार २ सय ८५ रहेको छ ।

आज मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति १० ग्राम १५ सय ५६ मा कारोबार भइरहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार