युवा तथा जलवायु कार्य सम्मेलन २०२४ सम्पन्न

काठमाडौं । ब्रिटिस काउन्सिलले युवा तथा जलवायु कार्य सम्मेलन २०२४ को उद्घाटन जुन ३ मा गरेको थियो। यस सम्मेलनको उद्देश्य हरित अर्थतन्त्र र जलवायु कार्यमा युवा नेतृत्वको अन्तरसम्बन्ध पत्ता लगाउन विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई भेला गर्नु रहेको थियो। सम्मेलन जुन १० सम्म चलेको थियो।

सहभागीहरूले जलवायु परिवर्तनसँग सम्बन्धित चुनौति र अवसरहरूबारे छलफल गर्ने उद्देश्यले विभिन्न गतिविधिहरू मार्फत सक्रिय रूपमा सहभागिता जनाएका थिए। कार्यक्रमले युवाहरूलाई रचनात्मकता, सक्रियता र रोकथामका उपायहरू मार्फत जलवायु सङ्कटसँग जुध्न आफ्ना विचारहरू आदानप्रदान गर्ने मञ्च प्रदान गरेको थियो।

संयुक्त अधिराज्य र नेपाल साझेदारहरूको कन्सोर्टियमसँगको सहकार्यमा, हामीले दिगो हरित अर्थतन्त्र र जलवायु कार्यमा केन्द्रित एक दिने विचारगोष्ठी आयोजना गर्यौं। गोष्ठीमा अन्तरक्रियात्मक संस्कृति कार्यशालाहरू र विद्यार्थी तथा विज्ञहरूका लागि डिजाइन गरिएको विशेष सत्रहरू समावेश थिए।

नवप्रवर्तनकारी हरित परियोजनाहरू प्रस्तुत गर्ने एक हप्ता लामो प्रदर्शनी तारागाउँ नेक्स्ट, बौद्धमा जुन १० सम्म खुला रहेको थियो। प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो।

भेलाले बुद्धिजीवीहरू, कलाकारहरू, अभियन्ताहरू, समुदायका सदस्यहरू, शिक्षाविद्हरू, शिक्षकहरू, र युवा नवाचारहरूलाई दिगो भविष्यमा योगदान पुर्याउनको लागि सिर्जनशीलता, उद्यमशीलता, र वातावरणीय दिगोपनको खोजी गर्न सबैलाई एकताबद्ध गरेको थियो।
नेपालका लागि बेलायती राजदूत एचई रोब फेनले आफ्नो मन्तव्यमा युवा र जलवायु परिवर्तन बेलायत र नेपालबीचको सम्बन्धलाई ताजा बनाउनका लागि सबैभन्दा उपयुक्त दुई शब्दहरू हुन् भन्ने उल्लेख गरे। जलवायु परिवर्तन दुवै देशका युवाहरूले सामना गर्ने साझा चुनौती भएकाले यो क्षेत्रले दुवै देशका युवाहरूलाई एकसाथ ल्याउने अवसर प्रदान गर्दछ।’

ब्रिटिस काउन्सिलको दक्षिण एसियाका क्षेत्रीय निर्देशक हेलेन सिल्भेस्टरले गोष्ठीको उद्घाटनमा भनिन्, ’आज हामी रचनात्मक हरित अर्थतन्त्रको क्षेत्र र जलवायु कार्यमा युवा नेतृत्वको निर्णायक भूमिकाको खोजी गर्न एकसाथ आउँदैछौं, दिगो विकासका लागि सिर्जनशीलता र नवप्रवर्तन शक्तिशाली उत्प्रेरकहरू हुन् भन्ने कुरा नबिर्सौं ।

हाम्रो युके साझेदार, एडिनबर्ग नेपियर विश्वविद्यालयका इंगे पन्निल्सले भने, ‘रचनात्मक हरित अर्थतन्त्रले परिवर्तनको लागि वास्तविक शक्तिको रूपमा काम गर्न सक्छः तर यो हाम्रो कर्तव्य हो, हाम्रो साझा कर्तव्य हो – केवल युवा व्यक्तिहरू, डिजाइनरहरू, वा नीति निर्माताहरूमा मात्र भर पर्नु हुँदैन। यो उद्देश्य पूरा गर्नु नागरिकको रूपमा हाम्रो साझा दायित्व हो – विश्वव्यापी, रूपमा, स्थानीय रूपमा, एकताबद्ध रूपमा ।
इन आवर ह्यान्ड्स कार्यक्रम मार्फत विकास गरिएको क्विन्टुपल बटम लाइन फ्रेमवर्क स्थानीय नीतिहरूमा समावेश हुनु मेरो लागि ठूलो उत्साहको स्रोत हो। फ्रेमवर्कले स्थानीय एजेन्सीहरूलाई स्थानीय समुदायहरूसँग काम गर्न कसरी सहयोग गर्न सक्छ भनी हेर्न म आतुर छु।
स्टोरी साइकलका स्थानीय साझेदार सौरभ ढकालले भने, ’रचनात्मक हरित अर्थतन्त्रतर्फ काम गरिरहेका हामीमध्येका लागि यो विचारगोष्ठी एउटा सफलता हो । हरित अर्थतन्त्रको अवधारणा केही समयदेखि चर्चाको विषय बनेको छ। तर, रचनात्मक हरित अर्थतन्त्र, हामीले परीक्षण र प्रवर्द्धन गर्ने लक्ष्य राखेको अवधारणा, सार्वजनिक नीतिको क्षेत्रमा भएका लगायत प्रमुख सरोकारवालाहरूले गोष्ठीमा अँगालेको जस्तो देखिन्थ्यो।

गोष्ठीमा, हामीले नेपालमा रचनात्मक हरित अर्थतन्त्रमा छलफल पत्र प्रस्तुत गर्यौं। रचनात्मक हरित अर्थतन्त्रको अवधारणा शिल्प कौशल, जलवायु परिवर्तन र अन्तरपुस्ता सशक्तिकरणमा केन्द्रित नेपाल–युके आदानप्रदान मार्फत गरिएको थियो। यो प्राज्ञिक, नागरिक समाज र निजी क्षेत्रका साझेदारहरूको सहकार्यबाट उनीहरूको विशेषज्ञता र प्रयासबाट विकसित गरिएको थियो।

हामीले नेपाली युवा तथा जलवायु कार्य – धारणा, आकांक्षा र बुझाइ अध्ययन प्रतिवेदन पनि सार्वजनिक गर्यौं। अध्ययन प्रतिवेदनले जलवायु परिवर्तन र अन्य विश्वव्यापी चुनौतिहरूको बारेमा युवाहरूको बुझाइ र जलवायु कार्यमा नेतृत्वको लागि उनीहरूको तयारीको मूल्याङ्कन गर्दछ। नेपालमा जलवायु पहलहरूमा युवाहरूको सहभागिता बढाउन अध्ययनले प्रमाणमा आधारित सुझावहरू दिने गर्दछ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार