बैंक तथा वित्तीय संस्थाको खराब कर्जा २ खर्ब नाघ्यो , वाणिज्य बैंकको मात्रै १ खर्ब ७५ अर्ब

काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कर्जा प्रवाह नियन्त्रण गर्न नसक्दा खराब कर्जा समेत बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा बैंक तथा वित्तीय संस्था गरी ५४ वटा संस्थाको खराब कर्जा ३.९८ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा २ खर्ब ४ अर्ब १९ करोड रुपैयाँ रहेको छ । हाल २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा वित्त कम्पनीहरु सञ्चालनमा रहेका छन् ।

समीक्षा अवधिमा वाणिज्य बैंकको ३.८९ प्रतिशत अर्थात् १ खर्ब ७५ अर्ब ९९ करोड रुपैयाँ खराब कर्जा रहेको छ । उक्त अवधिमा वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह भने वाणिज्य बैंकले ४५ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन ५४ खर्ब ४३ अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा विकास बैंकको खराब कर्जा ३.६३ प्रतिशत अर्थात् १८ अर्ब १० करोड ६० लाख रुपैयाँ रहेको छ । उक्त अवधिमा विकास बैंकहरुको , विकास बैंकले ४ खर्ब ९८ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार सो अवधिमा विकास बैंकहरुको निक्षेप संकलन ५ खर्ब ९५ अर्ब २५ करोड रुपैयाँ रहेको छ ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा वित्त (फाइनान्स) को खराब कर्जा १०.४० प्रतिशत अर्थात् १० अर्ब १० करोड रुपैयाँ रहेको छ । उक्त अवधिमा वित्तहरुको कर्जा प्रवाह ९७ अर्ब २१ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा वित्तहरुको निक्षेप संकलन १ खर्ब २३ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।

वाणिज्य बैंकहरुको खराब कर्जा

त्यस्तै, समग्रमा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ५ प्रतिशतभन्दा माथि रहेको खण्डमा संस्थाको स्थिति खराब अवस्थामा पुग्न सक्छ , त्यसैले गर्दा खराब कर्जा ५ प्रतिशत भन्दा तल राख्नुपर्ने हुन्छ । ५ प्रतिशतभन्दा माथि खराब कर्जा पुगेमा जोखिम मानिने हुदाँ राष्ट्र बैंकले खराब कर्जा त्यो भन्दा मुनि राख्न निर्देशन दिने गरेको छ । वाणिज्य बैंकहरुको हकमा चैतसम्मको वित्तीय विवरणमा लक्ष्मी सनराइजको ५.०७ प्रतिशत खराब कर्जा पुगेको छ । हिमालयन बैंकको ४.९६, कुमारी बैंकको ४.९५, नेपाल बैंकको ४.८५ र प्रभु बैंकको ४.८१ प्रतिशत खराब कर्जा छ। ग्लोबल आईएमई बैंकको ४.४७, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ४.६६, राष्ट्रिय वाणिज्य बैंकको ४.३०, प्राइम कमर्सियल बैंकको ४.२९ प्रतिशत र नबिल बैंकको ४.०४ प्रतिशत खराब कर्जा छ। त्यस्तै, कृषि विकास बैंकको ३.१७ प्रतिशत, एनआईसी एसिया बैंकको ३.०८ प्रतिशत, माछापुच्छ्रे बैंकको ३.६८ प्रतिशत र सिटिजन्स बैंकको ३.७६ प्रतिशत खराब कर्जा छ। सिद्धार्थ बैंकको खराब कर्जा ३.५२ प्रतिशत, एनएमबी बैंकको २.८९ र स्ट्यान्डर्ड चार्टर्ड बैंकको २.१४ प्रतिशत, सानिमा बैंकको १.८९ , नेपाल एसबीआई बैंकको १.९८ प्रतिशत रहेको छ।चैत मसान्तसम्म सबैभन्दा धेरै खराब कर्जा हुनेमा लक्ष्मी सनराइज बैंक पहिलो नम्बरमा रहँदा सबैभन्दा कम खराब कर्जा एभरेस्ट बैंकको देखिएको छ। एभरेस्टको बैंकको १ प्रतिशतभन्दा पनि कम अर्थात् ०.७ मात्रै खराब कर्जा रहेको छ। सामान्यतः बैंकको कर्जा नतिरेको समयलाई आधार मानेर खराब कर्जाको गणना गरिन्छ। ३ महिना, ६ महिना र वर्ष दिनसम्म कर्जा तिर्न नआउने ऋणीहरूलाई वर्गीकरण गरेर यस्ता कर्जालाई खराब कर्जामा राख्ने गरिन्छ।

विकास बैंकहरुको खराब कर्जा

समीक्षा अवधिमा १७ वटा विकास बैंकहरु मध्ये सबैभन्दा बढी खराब कर्जा ग्रीन डेभलपमेन्ट बैंक, ज्योतिक विकास बैंक, कर्णाली विकास बैंक, र कर्पोरेट विकास बैंक लगायतको रहेको छ । समीक्षा अवधिमा बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुरुप ग्रीन डेभलपमेन्ट बैंकको ५.८६ प्रतिशत, ज्याति विकास बैंकको ४.९७ प्रतिशत, कर्णाली विकास बैंकको ४.९६ प्रतिशत, कर्पोरेट विकास बैंकको ४.९५ प्रतिशत, साइन रेसुँगा डेभलप्मेन्ट बैंक ३.४१ प्रतिशत खराब कर्जा रहेको छ । त्यस्तै, महालक्ष्मी विकास बैंकको ४.१६ प्रतिशत, सिन्धु विकास बैंकको ३.६५ प्रतिशत, कामना सेवा विकास बैंकको ३.५५ प्रतिशत,
नारायणी डेभलपमेन्ट बैंकको ३.७७ प्रतिशत ,मुक्तिनाथ विकास बैंकको २.०२ प्रतिशत, लुम्बिनी विकास बैंकको ३.६९ प्रतिशत, सांग्रीला डेभलपमेन्ट बैंकको ३.८४ प्रतिशत, गरिमा विकास बैंकको २.९७ प्रतिशत खराब कर्जा रहेको छ ।

आर्थिक वर्ष २०७९÷८० को सोहि अवधिमा ग्रीन डेभलपमेन्ट बैंकको ४.९८ प्रतिशत, ज्याति विकास बैंकको ३.८९ प्रतिशत, कर्णाली विकास बैंकको ३.२६ प्रतिशत, कर्पोरेट विकास बैंकको ४.१८ प्रतिशत, साइन रेसुँगा डेभलप्मेन्ट बैंक २.११ प्रतिशत खराब कर्जा रहेको थियो । त्यस्तै, महालक्ष्मी विकास बैंकको ४.६२ प्रतिशत, सिन्धु विकास बैंकको ४.२७ प्रतिशत,नारायणी डेभलपमेन्ट बैंकको ४.८१ प्रतिशत,कामना सेवा विकास बैंकको ३.२७ प्रतिशत, मुक्तिनाथ विकास बैंकको १.९० प्रतिशत, लुम्बिनी विकास बैंकको ३.७६ प्रतिशत, सांग्रीला डेभलपमेन्ट बैंकको ३.५५ प्रतिशत, गरिमा विकास बैंकको २.९५ प्रतिशत खराब कर्जा रहेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा सम्पूर्ण बैंकहरुको खराब कर्जा भने वृद्धि नभएको देखिन्छ ,यसो हुनुमा खराब कर्जा व्यवस्थापनमा ध्यान दिएका बैंकहरुले यसलाई कमी गर्दै लगेका हुन् ।

वित्त (फाइनान्स)

चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा फाइनान्सहरुको खराब कर्जा १० अर्ब १० करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा फाइनान्सहरुको कुल निक्षेप १ खर्ब २३ अर्ब ३० करोड रुपैयाँ रहेको छ भने कर्जा ९७ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह रहेको छ ।
समीक्षा अवधिमा सबैभन्दा बढी खराब कर्जा समृद्धि फाइनान्स, जानकी फाइनान्स, लगायतका संस्थाहरुको रहेको छ । समृद्धि फाइनान्सको १७.२३ प्रतिशत, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २.५५ प्रतिशत, प्रोगेसिभ फाइनान्सको ९.३४ प्रतिशत, पोखरा फाइनान्स ७.९१ प्रतिशत , मल्टिप्रपोज फाइनान्सको ३.४४ प्रतिशत, मन्जुश्री फाइनान्सको ३.९५ प्रतिशत र जानकी फाइनान्सको २८.९१ खराब कर्जा रहेको छ ।
त्यस्तै, समीक्ष अवधिमा आइसीएफसी फाइनान्सको ३.९१ प्रतिशत, गोर्खाज फाइनान्सको १४.५० प्रतिशत, गृह्यश्वरी फाइनान्सको ५.७३ प्रतिशत, गुडविल फाइनान्सको ६.४८ प्रतिशत, सेन्ट्रल फाइनान्सको ९.५७ प्रतिशत, वेष्ट फाइनान्सको ४.३५ प्रतिशत, नेपाल फाइनान्सको ९.२४ प्रतिशत, समृद्धि फाइनान्सको ४.६८ प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्सको १.९४ प्रतिशत खराब कर्जा रहेको छ । गत वर्षको सोहि अवधिको तुलनामा चालु आर्थिक वर्षमा भने निश्चित फाइनान्सहरुले खराब कर्जा बढेको छ । जसमा समृद्धि फाइनान्स, श्री इन्भेष्मेन्ट फाइनान्स, रिलायन्स फाइनान्स लगायतका संस्थाहरु रहेका छन् ।

 

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार