३३ अंकले बढ्यो नेप्से, साढे ५ अर्बको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ३३.१५ अंकले बढेर २ हजार १ सय १५.२४ विन्दुमा पुगेर बन्द भएको छ । ठूला कम्पनीहरुको मापन गर्ने सेन्सिेटिभ इन्डेक्स ४.१८ अंकले बढेर ३ सय ७३.२३ विन्दुमा पुगेर बन्द भएको छ । यो सँगै लगानीकर्ताहरुलाई राहत भएको छ । सोमबार ५.५९ अंकले घटेको शेयर बजार मंगलबार १.८३ प्रतिशतले बढेको हो ।
मंगलबार २ सय ३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने २ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । मंगलबार ३ सय ११ वटा कम्पनीको १ करोड २६ लाख ६५ हजार तीन सय २९ कित्ता सेयर ३ सय ११ पटक कारोबार हुदाँ कारोबार रकम भने ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार ७ सय ३९ रुपैयाँ ६ पैसा रह्यो । मंगलबार बजार पुँजीकरण रकम भने ३३ खर्ब ५४ अर्ब १५ करोड ३२ लाख १८ हजार ४ सय ६ रुपैयाँ रह्यो ।

मंगलबार सम्पूर्ण समूहको सेयर बढ्दा सबैभन्दा बढी जीवन बीमा र निर्जिवन बीमा समूह प्रति लगानीकर्ताको आर्कषण रह्यो । बैकिङ १९.०५, विकास बैंक ५७.२९, वित्त ४६.८० ,होटल र पर्यटन ३२.२८ , जलविद्युत ६६.७१, लगानी ०.८४, जीवन बीमा २४१.११, उत्पादन र प्रशोधन २६.३८, लघुवित्त ४८.९६, म्युअुचल फण्ड ०.०९, निर्जिवन बीमा २३३.५७, व्यापार ६२.१४ र अन्य ८.६३ अंकले बढेको हो ।
मंगलबार सबैभन्दा बढी कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रक्चर र डेभ्लपमेन्ट लिमिटेड, माउन्टेन इनर्जी, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था, जानकी फाइनान्स, र गोर्खाज फाइनान्स रह्यो । एनआरएन इन्फ्रास्ट्रक्चर र डेभ्लपमेन्ट लिमिटेडको ३६ करोड ३० लाख रुपैयाँ , माउन्टेन इनर्जीको २३ करोड १७ लाख रुपैयाँ, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाको १० करोड ८२ लाख रुपैयाँ , जानकी फाइनान्सको १० करोड ६१ लाख रुपैयाँ र गोर्खाज फाइनान्सको ९ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

 

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार