CLI

विश्वकप २०२६ छनोटः नेपालले अन्तिम खेलमा यमनविरुद्ध प्रतिस्पर्धा गर्दै

काठमाडौं ।फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपालले यमनसँग खेल्ने भएको छ। यस अघिका सबै पाँच खेल पराजित हुँदै नेपाल विश्वकप छनोटबाट बाहिरि सकेको छ। प्रतियोगितामा नेपालले १८ गोल खाँदा एक गोल पनि गर्न सकेको छैन।

साउदी अरेबियाको प्रिन्स मोहम्मद बिन फाहद रंगशालामा हुने खेलमा नेपालले गोलको खडेरी चिर्ने अपेक्षा गरिएको छ। खेल नेपाली समय अनुसार रातीको ११ः४५ बजेदेखि सुरु हुनेछ।

समूह ‘एच’ बाट युएईले १५, बहराइनले १० अंकसहित शीर्ष दुईमा रहँदै तेस्रो चरणमा स्थान सुरक्षित गरिसकेका छन्। यमनले चार अंक जाडेको छ भने अंकविहिन नेपाल समूहको पुछारमा रहेको छ।

Leave Your Comment

Related News